५० वर्षको उमेरमा आमा बनिन् सुपर मोडेल मोडल नाओमी

एजेन्सी । सुपरमोडल नाओमी क्याम्पबेल आमा बनेकी छिन् । उनी छोरीकी आमा बनेकी हुन् । ५० वर्षमा आमा बनेकै कारण अहिले नाओमीको चर्चा चुलिएको छ । मोडल नाओमीका प्रशंसकहरु उनी कसरी आमा बनिन् भन्ने थाहा पाउन आतुर भैरहेका थिए । नाओमीले आफ्ना प्रशंसकको जिज्ञासा पूरा गरेकी छिन् । नाओमीले आफू आमा बनेको कुरा बुधबार बिहानै इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी हुन् ।

उनले आफ्नो हत्केलामाथि छोरीको सानो खुट्टा भएको तस्बिर सार्वजनिक गर्दै छोरीलाई आर्शिवादको संज्ञा दिएकी छिन् । नाओमी लेख्छिन्, “एक सुन्दर सानो आशिर्वादले मलाई उसको आमाको रुपमा चुनिन् । यो सुन्दर, कोमल आत्मालाई मेरो जीवनमा पाउँदा निकै सम्मानित महसुस गरिरहेको छु । आजदेखि तिमी मेरो परिसँगको जीवनभरीको बन्धनलाई शब्दमा वर्णन गर्न सक्दिन् ।”

आफू ५० वर्षको उमेरमा कसरी आमा बनिन् भन्ने कुरा उनले हालै आफ्नो युट्युब शो ‘नो फिल्टर विथ नाओमी’मार्फत सेयर गरेकी छिन् । उनको पछिल्लो एपिसोडकी गेष्ट डिजाइनर डियान वार्न फस्र्टनबर्ग थिइन् ।