मदनकृष्णले अस्पतालमै मनाए जन्मदिन, अर्का हाँस्य कलाकार शिवहरी पौड्याल भने आस्पतल भर्ना

काठमाडौं । अभिनेता मदनकृष्ण श्रेष्ठ अहिले मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् । कोरोनाभाइरसबाट संक्रमित भएपछि उनी केही सातादेखि उनी अस्पतालमा छन् । शुक्रबार तिथिअनुसार उनले जन्मदिन मनाए । छोरी सरिना, परिवारका अन्य सदस्य र चिकित्सकसँग मिलेर उनले अस्पतालमै जन्मदिन मनाए । अक्षय तृतीया तिथिअनुसार मदनकृष्णले जन्मदिन मनाएका हुन् ।

मदनकृष्णलाई जन्मदिनको शुभकामना दिन उनको सबै परिवार सामाजिक दूरी पालना गर्दै मेडिसिटी पुगेका थिए । ड्याडीको स्वास्थ्यमा सुधार आएको भन्दै छोरी सरिनाले खुशि बाँडेकी छिन् । ‘हामीलाई देखेपछि बुवाले हाम्रो मन राख्न अझै फूर्ती बढाउनुभयो’ उनले भनिन् ।

विभिन्न सेलेव्रिटीले पनि भिडियो कल गर्दैै मदनकृष्णलाई शुभकामना दिएका छन् ।

यता- अभिनेता एवं निर्देशक शिवहरि पौड्याललाई पनि भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको कारण श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । राजधानीको नैकापस्थित एपीएफ अस्पतालमा उनको उपचार भैरहेको छ । अहिले उनलाई आइसीयूमा राखेर अक्सिजनको सहयोगमा उपचार गरिएको छ ।

अहिले मदनकृष्ण श्रेष्ठ, नरेन्द्र महर्जन, रविन्द्र खड्का, सरिता लामिछाने, ऋषि लामिछाने, वर्षा राउत, शिल्पा मास्केलाई पनि संक्रमण भएको छ । केकी अधिकारी र प्रकाश सपुत भने कोरोनाबाट निको भैसकेका छन् ।