ओली सरकारमा पूरानै मन्त्रीहरुलाई निरन्तरता (नामावलीसहित)

काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीबाट प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएसँगै उपप्रधानमन्त्री र मन्त्रीहरुलाई पनि सपथ ग्रहण गरिएको छ । शुक्रबार शितलनिवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीपछि उपप्रधानमन्त्री र अन्य मन्त्रीहरुलाई पनि सपथ ग्रहण गराउनुभएको हो । उप्रधानमन्त्रीमा इश्वर पाखरेल यथावत नै रहेका छन् भने मन्त्री बन्नेहरुमा पूरानै मन्त्रीहरु रहेका छन् । साथै उनीहरूले साविककै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

०१- उप्रधानमन्त्रीमा इश्वर पाखरेल
०२- गृहमन्त्री रामबहादुर थापा ‘बादल’,
०३- ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझी,
०४- अर्थमन्त्री विष्णुप्रसाद पौडेल,
०५- परराष्ट्रमन्त्री प्रदीप ज्ञावली,
०६- स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी,
०७- उद्योठ वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट,
०८- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ,
०९- सहरी विकास मन्त्री प्रभु शाह, संस्कृति,
१०- पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुक्त ढकाल,
११- खानेपानी मन्त्री मणिचन्द्र थापा,
१२- कृषि तथा पशुपन्छि विकास मन्त्री पद्माकुमारी अर्याल,
१३- भौतिक, पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ,
१४- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी,
१५- सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ,
१६- भूमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्री डा. शिवमाया तुम्बाहाम्फे,
१७- कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ,
१८- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना,
१९- वन तथा वातावरण मन्त्री प्रेबहादुर आले,
२०- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो,
२१- युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ

यसैगरी राज्यमन्त्री बन्नेहरुमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नवराज रावत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, उद्योेग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला वि.क. रहेका छन् ।

राष्ट्रपति भण्डारीले २२ जनालाई विभागीय मन्त्री र ३ जनालाई राज्यमन्त्रीको सपथ ग्रहण गराउनुभएको छ । बिहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पुर्‍याउनु नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । अब प्रधानमन्त्री ओलीले एक महिनाभित्र फेरि संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसबेला उहाँले विश्वासको मत पाउनुभएन भने धारा ७६ (५) अनुसार राष्ट्रपतिले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ । र, उसले पनि एक महिनामा विश्वासको मत पाउन नसके प्रधानमन्त्रीले संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गर्न पाउँछन् ।

बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वास गुमाएपछि सबै मन्त्रीहरु पदमुक्त भएका छन् । उनीहरुको पनि आजै पुनर्नियुक्ति हुनेछ ।