च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको पोर्टो स्टेडियममा
एजेन्सी । जारी सिजनको युइएफएच्याम्पियन्स लिगको फाइनल टर्कीबाट पोर्चुगलमा सारिएको छ । युरोपेली फुटबल सर्वोच्च निकाययुइएफएले बेलायत सरकारसँगको परामर्श र छलफलपछी यस सिजनको च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा गर्ने निर्णय गरेको हो ।
यसअघि, बेलायत सरकारको चासोमा युइएफएले पूर्व निर्धारित टर्कीको इस्तानबुलबाट खेल सारेर बेलायतको लन्डनस्थित वेम्ब्ली स्टेडियममा फाइनल खेलाउने विषयमा छलफल गरेको थियो तर बेलायत सरकारले बढ्दो कोरोना महामारीको प्रकोपका कारण टर्कीमाथि यात्रा प्रतिबन्ध जारी गर्दै रेड लिस्टमा सूचीकृत गर्दै खेलाडीलाई टर्की पठाउन अस्वीकार गरेपछि पोर्चुगलमा खेलाउन सहमतभएको छ ।
पोर्चुगल बेलायत सरकारले जारी गरेको यात्रा प्रतिबन्धको रेड लिस्ट सूचीमा पर्दैन । यूइएफएले ब्रोडकास्टर्स र युइएफएका पदाधिकारीलाई बेलायत प्रवेश गर्दा १० दिनको क्वारेन्टिन अवधि घटाउन गरेको अनुरोध बेलायत सरकारले अस्वीकार गर्दा च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा गर्ने दुवै पक्षबीच सहमतिभएको छ ।
यस सिजनको च्याम्पियन्स् लिगमा उपाधिका लागि खेल्ने दुवै क्लब बेलायतका नै छन् । यसपटक फाइलमा म्यान्चेस्टर सिटी र चेल्सी आमने सामने हुँदैछन् । गतसिजनको च्याम्पियन्स लिगको फाइनलपनि टर्कीको इस्तानुबलबाट पोर्तुगलको पोर्टोमा सार्ने निर्णय भएको छ । सीमित दर्शक राखेर युइएफएले सञ्चालन गर्ने फाइनल खेल मे २९ तारिखमा पोर्चुगलमा हुँदैछ ।