नेपाललाई सहयोग गर्न एनआरएनए यूकेले पनि पहल गर्दै
लन्डन । नेपालमा कोरोना सन्क्रमणको दोश्रो लहर आएर परिस्थिती भयबह भएसंगै बिदेशमा बस्नुहुने एनआरएनएहरु र एनआरएनए संस्थाहरुले सहयोगको लागि पहल गरिरहेका छन् र यसै क्रममा एनआरएनए यूकेले पनि हिजो बुधबार साँझ एउटा भर्च्युल बैठक आयोजना गरी सहयोगको लागि पहल गरिने भएको छ । यसका लागि बर्तमान अधक्ष्य श्रीमती पुनम गुरुङको संयोजकतामा सरोकारवालाहरुसँग छलफल गरिनेछ । एनआरएनए यूकेकै संयोजन र पहलमा लन्डनस्थित नेपाली राजदूतावास, एनआरएनए यूकेको संरक्षक परिषद र बेलायतको विभिन्न स्थानीय तहमा निर्वाचित नेपाली मुलका मेयर, उपमेयर, काउन्सिलरसहितका प्रतिनिधिहरुबीच छलफल गरिएको थियो ।
कार्यक्रमम्मा एनआरएनए यूकेको महासचिब फडिन्द्र भट्टराईले नेपालमा हाल देखिएको त्रासदीपूर्ण अवस्थामा बेलायतका नेपाली समुदायले के कस्तो सहयोग पुर्याउन सकिन्छ भनी सल्लाह सुझाबको माग गर्नुको साथै सहाभागी सदस्यहरुसँग छलफल गर्नुभएको थियो । यस क्रममा एनआरएनए यूके, लन्डनस्थित नेपाली दूतावासको प्रतिनिध्दी, बेलायतको स्थानीय तहमा निर्वाचित नेपाली मुलका जनप्रतिनिधि र बेलायतस्थित सबै सामाजिक संघसंस्थाहरुसँग समन्वय गरेर यथाशिघ्र सहयोग गर्ने सहमति गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपाल सरकारको निर्देशनअनुसार खोपसहितका अन्य अत्यावश्यक सहयोगका लागि बेलायत सरकारसँग सहयोग माग गरिएको जानकारी गराउनुभयो । त्यस्तै ‘नेपाल र ब्रिटेनको ऐतिहासिक सम्बन्ध, गोर्खाहरुको योगदान जस्ता विशिष्ट योगदानहरुको आधारमा बेलायतसमक्ष बिशेष सहयोग माग गरिएको छ’ उनले भने, ‘हाम्रो अनुरोधमा बेलायतको उच्च सरकारी तहबाट सकारात्मक प्रतिकृया प्राप्त भइरहेको कुरा जानकारी गराउनुभयो ।’
राजदुत रेग्मीले हाल नेपालमा आईसीयू भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर, टेस्ट किट जस्ता स्वास्थ्य सामग्रीहरु अतिआबश्यक भएको हुँदा यी सामाग्रीहरु उपलब्ध गराउन सके प्रभावकारी हुने कुरा बताउनुभयो र यदी सकेमा यसतर्फ पहल गर्न एनआरएनए यूकेलाई अनुरोध गर्नुभयो । साथै यसका लागि हालसालाई यूकेको स्थानीय तहमा निर्वाचित नेपाली मूलका जनप्रतिनिधिले समेतलाई सहयोगको लागि पहल गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा एनआरएनए यूके अभिभाबक संस्थाको रुपमा रहेकोले बेलायतस्थित अन्य सामाजिक संघसंस्थाहरुसंग समन्वय गर्दै स्वास्थ्य सामग्रीहरु जुटाउन अपिल गर्ने र ‘संकलित सबै सहयोग सामग्री नेपालको सम्बन्धित स्थानमा पुर्याउने राजदूतावासले जिम्मेवारी लिने भएको छ ।’ सहयोग समितिको संयोजक अधक्ष्य गुरुङले संकटको यस घडीमा उपस्थित सदस्यहरु र संघसंस्थाहरुले एनआरएनप्रति प्रकट गरिएको विश्वासले आफूहरुमा उर्जा थपिएको र सहयोग कार्यक्रम जतीसक्दो चांडै पहल गरिने कुरा बताइन् । नवनिर्वाचित काउन्सिलरहरुलाई बधाई ज्ञापन गर्दै उनले मातृभूमि नेपालमा आइपरेको अप्ठ्यारोमा सबै मिलेर के कस्तो योगदान गर्न सकिन्छ भनेर छलफलको गर्न पाएकोमा खुशी ब्यक्त गर्दै साथ सहयोगको लागि अनुरोध गरीन । श्रीमती गुरुङले सबैको सल्लाह र सुझावलाई मनन् गर्दै संयोजनकारी भूमिका निभाउन एनआरएनए यूके तत्पर रहेको कुरा बताइन ।
कार्यक्रममा एनआरएनए यूके पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक मे. रि. डम्मर घले, संरक्षक सुर्य गुरुङ, संरक्षक तथा आईसीसी सल्लाहकार कुल आचार्य र निर्वतमान अध्यक्ष योगकुमार फगामीले दूतावास र एनआरएन मिलेर नेपालको सहयोगमा जुट्नुपर्ने धारणा राख्नुभएको थियो भने सहभागी नबनिर्वाचित काउन्सिलरहरुले आफ्नो तहबाट पनि बेलायत सरकार र आफु सम्बन्धन स्थानीय निकायहरु समक्ष पहल गरिएको कुरा जानकारी गराउनुभयो । कार्यक्रममा काउन्सिलरहरु जीव बेल्वासे, नेम थापा, डा. जगन्नाथ शर्मा, प्रवेश केसी, नविन सेवा, दिनेश खड्का, डेपुटी मेयर लक्ष गुरुङ र नवनिर्वाचित मेयर विष्णु बहादुर गुरुङले आआफ्नो धारणा राख्नुभएको थियो ।
एनआरएनए यूकेका महासचिव फडिन्द्र भट्टराईले संचालन गर्नुभएको उक्त कार्यक्रममा लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल सहभागी हुनुहुन्थ्यो । सहयोग सम्बन्धमा आगामी दिनहरुमा अरु चरणबद्ध छलफलहरु र अन्य अभियान अघि बढाउने सहमति भएका छन ।