सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु

सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा दुईजना विदेशी आरोहीको मृत्यु भएको छ । एक स्वीस र एक अमेरिकी नागरिकको आरोहणका क्रममा बुधबार मृत्यु भएको सेभेन समिट ट्रेकका प्रवक्ता छाङ दावा शेर्पाले बताएका छन् । स्वीजरल्यण्डका आरोही अब्दुल वारिचले साउथ समिटमा ज्यान गुमाएका छन् भने अमेरिकी नागरिक पूवई लिउको चौथो क्याम्पमा मृत्यु भएको छ ।

वसन्त ऋतुको आरोहण केही दिन अघि मात्रै खुला गरिएको थियो । बुधबार रातिसम्म १५० भन्दा धेरै आरोही सगरमाथाको चुचुरोमा पुगिसकेका छन् । यो सिजनमा सगरमाथा आरोहणका लागि ४ सय भन्दा धेरैले अनुमति पाएका छन् ।