अक्सिमिटर कालोबजारी गर्ने सात जना पक्राउ

काठमाडौं । अक्सिमिटर अवैध कारोबार गरेका सात जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं, महानगरीय अपराध अनुसन्धान महाशाखा लगायतले सोमबार विभिन्न ठाउँमा बजार अनुगमन गर्दा उनीहरू पक्राउ परेका काठमाडौंका सहायक जिल्ला प्रमुख अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

अनुगमन क्रममा लुकाइछिपाइ राखेको ७ सय ६५ थान अक्सिमिटर बरामद गरेको पनि उनले जानकारी दिए । पक्राउ परेकाहरूमाथि कानूनी कारबाही प्रकृया अघि बढाइएको छ ।