उपप्रधानमन्त्री पोखरेलले फोन गरेर मेयर शाक्य र मुख्यसचिबलाई निर्देशान

काठमाडौं । महामारीमा उपचार नपाएको गुनासो सबैतिरवाट आएको छ । यस्तो अवस्थामा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मंगलबार काठमाडौं को बसुन्धारामा सञ्चालन तयारी भइरहेको ‘राधा स्वामी कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर को निरीक्षण गरेका छन् । उनले महामारीको समयमा जनताले उपचार नपाएको गु नासो आइरहेको भन्दै तत्कालै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्य सचिव डा शंकरदास बैरागीलाई टेलिफोन गरी आइसोलेशन केन्द्र सञ्चालन गर्ने प्रबन्ध मिलाउन निर्देशन दिए । उनले निरिक्षणकै क्रममा मेयर र मुख्य सचिवलाई फोन गरेर निर्देशन दिएका हुन् । उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसैसाताबाट नेपाली सेनाले आइसोलेशन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

तत्काल ८८ शैय्याको अक्सिजन थेरापी सुविधासहित सञ्चालन हुन लागेको उक्त आइसोलेशन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकता अनुसार २०० शैय्यासम्म सञ्चालन गर्ने तयारी गरिएको छ । आइशोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौं महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ । सो आइशोलेशन केन्द्र सञ्चालनमा आएपछि कोरोनाका बिरामीहरूको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।