संवैधानिक परिषद्को बैठक सुरु, सभामुख सापकोटा र देउवा अनुपस्थित

काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले जानकारी दिए । बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने उपस्थित छैनन् ।

संवैधानिक परिषद्मा अध्यक्ष प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्याधीश र प्रमुख प्रतिपक्षी दलका नेता हुन्छन् । आजको बैठकमा रिक्त रहेका संवैधानिक आयोगका पदाधिकारीको नियुक्तबारे छलफल गर्ने छ । लोक सेवा आयोग, अख्तियार दुरुपयोग आयोग लगायतका संबैधानिक निकायका पदाधिकारीहरु रिक्त रहेका छन् ।