सिटी चेल्सीसँग पराजित, उपाधि यात्रा लम्बियाे

प्रिमियर लिगको उपाधि जित्ने संघारमा रहेको म्यानचेस्टर सिटीले चेल्सीसँग दुई एकले पराजित भएको छ । यो हारले सिटीलाई उपाधि जित्न केहि कुर्नुपर्ने भएको छ । घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले एक गोलको अग्रता जोगाउन सकेन र पेनाल्टीपनि गुमायो । खेलको सुरुवातमा दुई वटा अवसरलाई गुमाएको सिटीले ४४ औं मिनेटमा अग्रता बनायो । उसका लागि रहिम स्ट्रलिङले गोल गरेका थिए । सर्जियो अगुइरोले दिएको बलमा चेल्सीका आन्द्रेस क्रिस्टेनसेनले गरेको गल्तिमा रहिमले गोल गर्न सफल भए ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सिटीले पेनाल्टी पाएको थियो । एन्द्रियसले नै गाब्रियल जिससलाई डिबक्समा लगाएपछि सिटी पाएको पेनाल्टीलाई सर्जियो अगुइरोले गोल गर्न सकेनन् । उनको प्रहारलाई चेल्सीका गोलकिपर उडुवार्ड मेन्डीले बचाए ।

आजको खेलमा नौ खेलाडीलाई प्लेइङ सेटमा परिवर्तन गरेको सिटीविरुद्ध ६० औं मिनेटमा चेल्सीले निकै राम्रो अवसर खेर फाल्यो । उसका क्रिस्टियन पुलिसिकको प्रहार पोष्टको निकै नजिकबाट बाहिरीयो । तर ६३ औं मिनेटमा चेल्सीले खेल बराबरी गर्यो । उसका क्रिस्टियन पुलिसिकको पासमा हाकिम जियाचले गोल गर्न सफल भए । ७९ औं मिनेटमा टिमो वेरनेरले चेल्सीका लागि गोल गरेपनि उनको गोललाई मान्यता दिइएन । ८१ औं मिनेटमा चेल्सीका कालुम हुडसोनले गोल गरेपनि उनको घुँडा अफसाईड भएपछि गोल दिइएन । भिएआरमा उनकाे घुँडा अफसाइड रहेकाे देखाइयाे ।

८२ औं मिनेटमा रहिम स्ट्रलिङले निकै उत्कृष्ट मौका खेर फाले । खेलकाे इन्जुरी समयमा चेल्सीले खेलमा अग्रता बनायो । उसका लागि मार्को अलान्सोले गोल गरे । अब आइतबार यदि सिटीको छिमेकी क्लव युनाइटेड अब एस्टोन भिल्लासँग पराजित भएको खण्डमा सिटीको उपाधि यात्रा पक्का जस्तै हुनेछ । यदि युनाइटेड विजयी भएमा अर्को खेल कुर्नुपर्नेछ ।

बराबरीपछि सिटीको ३५ खेलमा ८० अंक भएको छ भने चेल्सीको ६४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । यसका साथै याे जितले चेल्सीले च्याम्पियन्स लिगकाे फाइनलका लागि पनि मनाेबल उच्च बनाएकाे छ ।