डिभीको नतिजा सार्वजनिक, नतिजा कसरी हेर्ने ?
अमेरिकी सरकारले खुलाएको डिभीको नतिजा सार्वजनिक भएको छ । अमेरिकी दूतावासका अनुसार आज मे ८ अर्थात वैशाख २५ गते नेपाली समयअनुसार रातिको पौने १० बजेबाट डिभीको नतिजा सार्वजनिक भएको हो ।
२०२२ का लागि नेपालीले दिएको आवेदनको नतिजा dvprogram.state.gov मा गएर निशुल्क हेर्न सकिने दूतावासले जनाएको छ । नतिजा हेर्न आवेदन दिँदा यसअघि उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्ने दूतावासले ट्वीटरमार्फत जानकारी दिएको छ ।
छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध हुनेछ । दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डिभी कार्यक्रममा छनौट भएको भन्ने व्यहोराको ईमेल नपठाउने भन्दै भ्रममा नपर्न पनि दूतावासले अनुरोध गरेको छ ।
21:45 NPT onward! go to https://t.co/NaMKuzyR2g to check the status of your #DV2022 entry! https://t.co/X6J9eua2yR
— U.S. Embassy Nepal (@USEmbassyNepal) May 8, 2021