प्रधानमन्त्री ओलीसहित १ सय बढीको स्वाव संकलन
काठमाडौं । पिसिआर परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाव संकलन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको लागि थ्रोट स्वाब नमूना संकलन गरिएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसहित १ सय बढीको स्वाव संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जनाएका छन् ।
ओलीसँगै बालुवाटारमा रहने स्वकीय, निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १ सय जनाभन्दा बढीको स्वाव संकलन गरिएको हो । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसद बैठक डाकिएकाले यसअघि नै प्रतिनिधिसभा सांसदहरूको समेत कोरोना परीक्षण गरिसकिएको छ ।