माधव नेपाल निस्के लगत्तै प्रधानमन्त्रीले पुन: भेटे राष्ट्रपतिलाई

काठमाडौं । राष्ट्पति विद्यादेवी भण्डारी र एमाले नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । एमालेभित्रको विवाद फुटको सङ्घारमा उभिएका बेला राष्ट्रपति भण्डारीले भेटको चाँजोपाँजो मिलाएकी हुन् । बिहीबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न बूढानीलकण्ठ पुगेका नेता नेपाल त्यहाँबाट निस्किए लगत्तै शीतल निवास छिरेका थिए ।

उनीहरूबीच पार्टीको आन्तरिक विषयमामाथि नै सघन संवाद भएको बुभिएको छ । नेता नेपाल साँझ ७ः२५ मा शीतल निवास प्रवेश गरेका थिए । भेटवार्ता सकेर रातको १०ः५ बजे शीतल निवासबाट बाहिरएको सुरक्षा स्रोतले जानकारी दियो । “राष्ट्रपतिले पटकपटक भेटको प्रस्ताव राख्नुभएको थियो । तर, माधव नेपालले इन्कार गर्दै आउनुभएको थियो,” नेता नेपालनिकट स्रोतले भन्यो ।

पार्टी विभाजनको सन्निकट पुगेका बेला एमाले संवादमा फर्किएको छ । आजै विष्णु पौडेल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टबीच होटल मेरियटमा आधा घण्टा संवाद भएको थियो । नेता नेपाल समूहले पार्टी विवाद मिलाउन २०७५ जेठ २ मै फर्कनुपर्ने अडान राख्दै आएको छ । त्यसकै वरिपरि रहेर संवाद अघि बढेको नेताहरूले बताएका छन् ।

माधव नेपाल निस्किए लगत्तै फेरि शीतल निवास पुगे प्रधानमन्त्री ओली

त्यस्तै बैसाख २७ मा विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सक्रियता बढाएका छन् । पार्टीभित्र नै स्थायी प्रतिपक्षीको भूमिकामा रहेका वरिष्ठ नेता माधव कुमार नेपाल समुहले जसरी पनि ओलीलाई असफल बनाउने भन्दै लागेपछि ओलीलाई हम्मेहम्मे परेको छ ।

विवादले उग्ररूप लिइरहेका बेला एमालेका शीर्ष नेताको पनि दौडधुप तीव्र बनेको छ । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालले दौडधुप म्याराथन जस्तिउ बनेको छ । विहीबार साँझ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति भेटेर राष्ट्रपति भेट्न शीतल निवास पुगेका नेता नेपाल शितलनिवासबाट बाहिरी लगत्तै प्रधानमन्त्री ओली शितल निवासमा पुगेका छन् । नेता नेपाल शीतल निवासबाट बाहिरिए लगत्तै उनी पुगेको स्रोतले बताएको छ । प्रधानमन्त्री ओली मन्त्रिपरिषद्को बैठक जारी हुँदाहुँदै शितल निवास पुगेको बुझिएको छ ।

बिहिबार मात्रै प्रधानमन्त्री दोश्रो पटक राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् । ओलीले बिहान एमालेको आकस्मिक स्थायी समिति बैठक सकेर सिधै राष्ट्रपति भेट्न पुगेका थिए ।