चार सांसदलाई कोरोना पोजिटिभ, २७ गतेको संसद् बैठक के हुन्छ ?

काठमाडौं । चार सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । संसद् सचिवालयले बुधबार गराएको पीसीआर परीक्षणमा चार सांसद र दुई सचिवालयका कर्मचारी गरी ६ जनामा संक्रमण देखिएको हो । सभामुख अग्निप्रसाद सापकोटा र उनको निजी सचिवालयमा रहेकाहरुमा भने कोरोना देखिएको छैन । बुधबार सभामुखसहित ११२ सांसद तथा कर्मचारी र पत्रकार ४८१ जना गरी ६०९ जनाको स्वाब संकल गरिएको थियो ।

अहिलेसम्म ६ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने धेरैजनाको रिपोर्ट आउन बाँकी छ । थप सांसद, कर्मचारी तथा पत्रकारले आज पनि स्वाब दिनेक्रम जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते आह्वान गरेको संसद्को विशेष अधिवेशन सांसदहरुमा देखिएको संक्रमणले प्रभावित हुन्छ/हुँदैन भन्ने विषय भने टुंगो लागेको छैन ।