स्थायी कमिटी र राष्ट्रपतीसँगको भेटपछी प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । पार्टीको स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । लगत्तै उनले क्याबिनेट बैठक बोलाएको संघीय मामिलामन्त्री गणेशसिंह ठगुन्नाले जानकारी दिए ।
उनकाअनुसार आजको बैठकमा अतिरिक्त कार्यसूची छैन । “यो नियमित बैठक हो । साँझ पाँच बजे बोलाइएको छ । थप कार्यसूची छैन,” उनले भने । एमाले स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनमा कसलाई उमेदवार बनाउने भन्ने छलफल थियो । विपक्षी गठबन्धनले माधव नेपाल समूहका डा. खिमलाल देवकोटालाई उमेदवार बनाउने भएपछि एमाले गृहमन्त्री रामबहादुर थापा बादललाई अघि सार्न हच्किएको छ ।
मत आकलन नगरी उमेदवार तय नगर्ने निचोडमा एमाले पुगेको छ ।