क्लब मालिक बिरुध्द प्रशंसकहरूले बिरोध गरेपछी म्यानचेस्टर युनाइटेड र लिभरपुलको खेल ढिलाई

म्यान्चेस्टर । क्रोधित म्यानचेस्टर युनाइटेड प्रशंसकहरूले क्लबको मालिकहरू बिरुद्द बिरोध गर्दै ओल्ड ट्र्याडफोर्ड स्टेडियममा प्रवेश गरेर पिचमा पुगेपछी म्यानचेस्टर युनाइटेड र लिभरपुलको खेल ढिलाई भएको छ । विवादास्पद युरोपेली सुपर लिगमा सम्मिलित हुन क्लबले असफल प्रयास गरेको भन्दै पछि आज दिउँसो बिपक्षी टिम लिभरपूल आउनु अघि हजारौं समर्थकहरूले स्टेडियम बाहिर जम्मा भएर प्रदर्शन गरेका थिए । बिरोधको क्रममा क्रोधित केही समर्थकहरु स्टेडियम भित्र पसेर पिचमा दौडिने र गोल पोस्टमा चढेका थिए । यसभन्दा पहिले प्रशंसकहरू आगोको मुस्लो बाल्दै म्यान्चेस्टर टोलीलाई (टिमलाई) होटेलमा प्रवेश गर्नमा बाधा पुर्याएका थिए । स्टेडियममा पस्दा समर्थकहरुले म्यानचेस्टर युनाइटेडको पूर्व खेलाडी तथा स्काई स्पोर्ट्सको फुटबल बिश्लेषक (पंडित) ग्यारी नेभिलसँग हात मिलाएका वा मुठी ठोकेका थिए ।

खेलको रेफ्री माइकल ओलिभर भन्ने बल्लतल्ल स्टेडियममा पस्न सफल भएका छन तर बेलायतको समय ४:३० बजे सुरु हुनुपर्ने खेल कतिखेर शुरु हुन्छ भन्ने कुरा अन्यौल भएको छ । स्काई संवाददाता फ्रेजर माउडेका अनुसार सामान्यत खेल शुरु हुनुभन्दा आधी घण्टा अघि होटेलबाट निस्कने गर्नेमा आजलाई भने खेलाडीहरु कतीखेर निस्कने अत्तोपत्तो छैन । माउडेका भने- “खेल पछी सार्नु पर्ने कुनै कारण छैन । समर्थकहरु खेलाडी बस्ने कोठासम्मा पुग्न सकेनन र छ्यासमिस भयो र कोभीड सर्ने सन्त्रास छैन” ।

प्रिमियर लिग अन्तरगत यस अघि- न्युक्यासल र आर्सनल बिच भएको खेलमा न्युक्यासल बिरुध्द आर्सनलले ० – २ गोलले बिजयी भएका छन ।

स्रोत- स्काइ न्युज