अमेरिकाले भारतीया नागरिकलाई दुई साता अमेरिका यात्रा गर्न
एजेन्सी । अमेरिकाले भारतबाट अमेरिका आउने सबै प्रकारको यात्रा प्रतिबन्ध लगाउने भएको छ।अमेरिकी राष्ट्रपति जो वाइडेनको प्रशासनले आगामी मे ४ मंगलबारदेखि लागू हुने गरी १४ दिनसम्म भारत र भारतभूमिबाट हुने अमेरिकी यात्रा रोक्ने निणर्य गरेको हो । यसैबीच अमेरिकाले भारतमा कोरोनाको महामारी खराब बन्दै गर्दा त्यहाँ रहेका आफ्ना नागरिकहरुलाई यथाशीघ्र मुलुक छाड्न सुझाव दिएको छ। ह्वाइट हाउसका प्रवक्ता जोन साकीले सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको सल्लाहमा आगामी मंगलबारबाट यात्रा प्रतिबन्ध लागु हुने जानकारी दिए ।
चौथो स्तरको ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकाले आफ्ना नागरिकलाई भारतको यात्रा नगर्न चेतावनी दिएकोमा सुरक्षित तरिकाले भारत छाड्न सुझाव दिएको छ । प्रवक्ता साकीले भारतमा संक्रमितको संख्या उच्च बन्दै गएको र नयाँ भाइरसको भेरियन्ट चिन्ताको विषय भएको समेत बताए ।गत साता अमेरिकी विदेश मन्त्रालयले विश्वका ८० प्रतिशत मुलुकमा यात्रा नगर्न चेतावनीका साथ ट्राभल एड्भाइजरी जारी गर्दै नेपालमा यात्रा गर्नका लागि पुनर्विचार गर्नुपर्ने श्रेणीमा राखेको थियो ।
अहिले भारत र अमेरिकाबीच १४ वटा सिधा उडानहरु रहेका छन् । अन्य केही उडानहरु युरोप ट्रान्जिट भएर अमेरिका आवतजावत गर्छन्। भारत छाड्न चाहने अमेरिकनहरुलाई ब्यापारिक उडान प्रयोग गर्न अमेरिकी विदेश मन्त्रालयले सुझाव दिएको छ । यसअघि अमेरिकाले १० लाख डलर बराबरको स्वास्थ्य सामग्री भारत पठाएको थियो । महामारीको विकराल अबस्थाका कारण विभिन्न देशहरुले भारतसंगको यात्रा प्रतिबन्ध लगाइसकेका छन् । बेलायतले भारतबाट फर्कनेलाई बाध्यकारी क्वारेन्टिनमा बस्नु पर्ने नियम लागु गरेको छ । पछिल्लो समय भारत कोरोना भाइरसको दोस्रो घातक लहरको सामना गरिरहेको छ । त्यहाँ दैनिक संक्रमितको संख्या चार लाखको हाराहारी पुगेको छ । मृत्यु हुनेको दर पनि उकालो लागिरहेको छ ।