अति प्रभावित २२ जिल्लाका अस्पतालमा अब बेड छैन, स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणबाट अति प्रभावित २२ जिल्लामा अब शय्या उपलब्ध गराउन नसकिने अवस्था आएको जनाएको छ । मुलुकको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण दर फैलिएकाले नागरिक आफैँ संवेदनशील हुन पनि मन्त्रालयले आग्रह गरेको छ । अस्पतालमा राखेर कोभिड संक्रमितको उपचार गर्न नसकिने अवस्था आएकाले नागरिकलाई जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
यी हुन् अति प्रभावित २२ जिल्ला-
काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, मोरङ, सुनसरी, पर्सा, बारा, धनुषा, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर