नेकपा एमालेको नयाँ स्थायी कमिटी, नेपाल-खनाल पक्ष बाइपास
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीबाट माधव नेपाल पक्षधर नेताहरू हटाइएका छन् । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई ‘बाइपास’ गरेर स्थायी कमिटी गठन गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकमा ओलीले नयाँ स्थायी कमिटी गठन गरेका हुन् । साविक नेकपा विभाजनपछि केपी ओली पक्षमा रहेका स्थायी कमिटी सदस्यहरुलाई नै एमालेको स्थायी कमिटीमा रुपान्तरण गरिएको छ । बाँकी सदस्य पछि थप्ने जानकारी बैठकमा अध्यक्ष ओलीले दिएका छन् ।
अब एमालेको स्थायी कमिटीमा अध्यक्ष ओली, उपाध्यक्ष महासचिव ईश्वर पोखरेलसहित निम्न नेताहरू रहने भएका छन् । ओलीले गठन गरेको स्थायी कमिटीमा ईश्वर पोखरलपछि रामबहादुर थापा बादलको वरियता राखिएको छ । ओलीले गठन गरेको स्थायी कमिटीमा क्रमशः केपी शर्मा ओली, बामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महाशेठ, केशब बडाल र पुष्पराज कँडेल रहेका छन्।
स्थायी कमिटीमा बाँकी सदस्यहरु पछि थप गर्ने बताइएको छ । ओली गठन गरेको स्थायी कमिटीमा नेपाल–खनाल समूहका कुैनपनि नेतालाई समेटिएको छैन ।