होटल मेरियटमा ओली–नेपाल भेटवार्ता, विष्णु पाैडेल पनि सहभागी

काठमाडाैं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता सुरु भएको छ । काठमाडाैंको ​होटल मेरियटमा भेटवार्ता भएको हो । आन्तरिक विवाद उत्कर्षमा पुगेका वेला दुई नेताबिच भेटवार्ता भएको हो ।

वार्तामा महासचिव विष्णु पाैडेल पनि सहभागी भएका छन्। आजमात्र योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेटेर माधव नेपालसँग निर्णायक वार्ता र लचिलो भएर पार्टी एकता गर्न सुझाएका थिए । ओलीले नेपालसहितका नेतालाई निलम्बन गरेका छन् भने नेपालसहित २७ संघीय सांसद र पाँच प्रदेश सांसदलाई स्पष्टीकरण सोधेका छन् ।

नेपाल पक्षले गत २८ फागुनको निर्णय खारेज हुनुपर्ने माग गर्दै आएको छ ।