एकाएक कोमामा पुगेको युरोपियन सुपर लिग, लगानीकर्ताको चाहना अधुरो

आइतबार राति ६ वटा प्रिमियर लिग र तीन ला लिगा र तीन सिरी ए लिगले संयुक्त रुपमा विज्ञेप्ती जारी गर्दै फुटबलको नयाँ प्रतियोगिता यूरोपियन सुपर लिगको घोषणा गरे । जसमा प्रिमियर लिगबाट ६ ठूला क्लव लिभरपुल म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी, आर्सनल, चेल्सी, टोटनहम थिए भने ला लिगाबाट बार्सिलोना, रियाल मड्रिड र एट्लेटिको मड्रिड तथा सिरी ए बाट युभेन्टस, इन्टर मिलान र एसी मिलान थिए ।

यो प्रतियोगिताको घोषणा हुनुको मुख्य कारण थियो कोभिडका कारण आर्थिक समस्याबाट गुर्जिरहेका क्लवले तत्काल राहत पाउछन भन्ने । तर यो प्रतियोगिताको घोषणा भएको केहि घण्टापछि नै क्लवका समर्थकले खुल्ला रुपमा विरोध गरे । यतिसम्म की समर्थकहरु सडकमा उत्रिएर नारावाजी गर्न थाले । करिव ५६ अर्व अमेरीकी डलरको लगानी रहेको भनिएको यो प्रतियोगिताको जन्म भएको केहि घण्टामा नै कोमामा गएको छ । अर्थात चर्को आलोचना र विरोधपनि प्रिमियर लिगका ६ क्लवले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि अहिले कोमामा गएको छ ।

रियालका अध्यक्ष फ्लोरेन्टो पेरेज प्रमुख रहेको सुपर लिगमा प्रिमियर क्लव सहभागि नहुने निर्णयपछि अब यो प्रतियोगिताको भविष्य के हुन्छ भन्ने पनि प्रश्न उब्जिएको छ । जब युरोपियन सुपर लिगको घोषणा गरियो यसको मुख्य योजना थियो, हाल भइरहेको च्याम्पियन्स लिगलाई टक्कर दिने । युरोपियन फुटबल महासंघको आयोजनामा भइरहेको च्याम्पियन्स लिगलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ ल्याइएको यो प्रतियोगिता साताको मध्यमा अर्थात विहिबार खेलाइने योजना थियो । जसमा १५ वटा संस्थापक क्लव र पाँच वटा छनौट खेलेर आएका गरेर २० क्लवले भाग लिने भनिएको थियो ।

च्याम्पियन्स लिग भन्दा केहि फरक ढाँचामा गरिने भनिएको यो प्रतियोगिताको घोषणा भएको केहि घण्टामा नै फिफा र यूइएफएले विज्ञेप्ती नै जारी गर्दै फुटबललाई समाप्त पार्न यो प्रतियोगिता ल्याइएको बताएका थिए । यतिसम्म की युरोपियन फुटबल महासंघले कुनैपनि खेलाडीले सुपर लिग खेलेको खण्डमा प्रतिबन्ध लगाउनेसम्म भनेको थियो भने फिफाले यो प्रतियोगिता खेल्ने खेलाडीले विश्वकपमा खेल्न नपाउने बताएको थियो ।

यसका साथै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि विज्ञेप्ती निकाल्दै युरोपियन फुटबलमा पैसाको आडमा राजनिती भएको बताएका थिए । कोरोनाका कारण आर्थिक समस्या भएपछि सुपर लिगको अवधारणा उब्जिएको हो । अमेरीकी लगानीकर्ताले यो प्रतियोगितामा संलग्न थिए । उनीहरुले सुरुवातमा क्लवलाई मोटो रकम दिएर लोभ्याउने र पछि विस्तारै युरोपमा फुटबलको माध्यमबाट आर्थिक पकड जमाउने चाहना थियो ।

युरोपियन लगानीकर्ताले फुटबल समर्थकलाई बेवास्ता गर्दै पैशाले खरिद गर्न सकिन्छ भन्ने ललिपप युरोपका ठूला क्लवलाई देखाएका थिए । त्यसमा १२ वटा क्लव लोभिएका पनि थिए । तर युरोपकै बार्यन म्युनिख, पीएसजी, बोरुसिया डर्टमुण्डलाई भने यो प्रतियोगिताका लागि प्रस्ताव गरिएन । तर उनीहरुपनि पछि यो प्रतियोगितामा संलग्न हुने अपेक्षा गरिएको थियो ।

सुपर लिगको घोषणा भएको ४८ घण्टामा नै परिस्थिती ठिक बिपरित बन्यो । प्रिमियर लिगका चेल्सी, लिभरपुल, आर्सनल, म्याचनेस्टर युनाइटेड, म्यानचेस्टर सिटीका समर्थकले सुपर लिगमा गएको विषयलाई ठूलो विरोध गरे । यतिसम्म की मैदानमा खेल भइरहँदा बाहिर नारावाजि नै लगाए । जसका अर्थ मंगलबार अबेर राति ६ वटा प्रिमियर लिगले सुपर लिगबाट नाम फिर्ता लिन बाध्य भए । अर्सनल र लिभरपुलक मालिकहरुले प्रशन्सकहरुको सपोर्ट बिना खेलहरु अधुरो हुने भएकोले प्रशन्सकको समर्थन बिना खेलहरु सफल नहुने भएकोले उनीहरुको इच्छ्या बिपरित सङ्लग्न र निर्णय गरेकोमा प्रशन्सकहरु समक्ष माफी माग्दै सुपर लिग नखेल्ने निर्णय गरेका छन ।

यतिमात्र होइन, सुपर लिगले भविष्य ज्ञारेन्टी नभएको भन्दै ला लिगा क्लव बार्सिलोना र एट्लेटिको मड्रिडले पनि नाम फिर्ता लिने योजनामा छन । अहिलेका लागि यो प्रतियोगिता सस्पेन्ड भएपछि अब कोमाबाट कहिले नर्मल हुने हो या कोमाबाट नै समाप्त हुने हो त्यो ठूलो प्रश्न बनेको छ ।