नेपाल र प्रचण्डले मनाए ब्यपारीको घरमा विजयोत्सव’ सर्वदलीय बैठकमा प्रचण्ड नजाने
काठमाडाैं । कर्णाली प्रदेशमा भएको फ्लोर क्रसलगत्तै माधवकुमार नेपाल र घनश्याम भुसालले प्रचण्ड र नारायणकाजी श्रेष्ठसँग भेटेका छन्। झापामा रहेका नेपाल र भुसाल ७:४० बजे काठमाडाैं फर्किएपछि भेट भएको हो। प्रहरी स्रोत भन्छ, ”आज बिहान ९ः२० बजे कोटेश्वरमा चन्द्रलाल श्रेष्ठको निवासमा प्रचण्ड र नारायणकाजी श्रेष्ठसँग नेपाल–भुसालले ४ जना सासंदलाई फ्लोर क्रस गराएकोमा उत्सव मनाए।”
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले देखापढीसँग भने, “सर्वदलीय बैठकको कुरा नै थिएन, प्रधानमन्त्री ज्यूले भेटौं भनेर मात्र भन्नुभएको थियो, प्रचण्डले सिंहदरबारमा भेटौं न त भन्नुभएको थियो ।” जानकारी नै नभएको बैठकलाई बहिष्कार भन्न नहुने उनले बताए ।
व्यवसायीको घरमा प्रचण्ड र नेपालबीच छलफल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल भएको छ । प्रचण्ड र नेपालबीच कोटेश्वरको एक व्यवसायीको घरमा छलफल भएको हो । नेपाल आज बिहान झापाबाट फर्किएलगत्तै कोटेश्वरको खरिबोट नजिक चन्द्रलाल श्रेष्ठको घरमा दुई नेताबीच छलफल भएको छ । छलफलमा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।
कर्णालीमा नेपाल पक्षको सहयोगमा माओवादीको सरकार जोगिएको भोलिपल्ट दुई नेताबीच वार्ता भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेका प्रचण्डले एमालेबाट निलम्बित नेता नेपालसँग भेट गर्नुलाई अर्थपूर्णरुपमा लिइएको छ ।