स्विडेनको चर्चित फुटबल खेलाडी- ज्लाटन इब्राहिमोविचले फिल्म खेल्ने

हाल एसि मिलान तथा स्विडनेका स्ट्राइकर ज्लाटन इब्राहिमोविच चलचित्र एस्टेरिक्स एण्ड ओबेलिक्समा मुख्य भुमिकामा देखिने भएका छन् । उनले आफ्नो इन्स्टाग्राम एकाउण्टमा ‘एण्टीभाइरस’ लेखिएको टाइपसेट पोस्ट गर्दै आफु चलचित्रको पर्दामा देखिन लागिएको सन्देश दिएका हुन् ।

उनलाई उक्त चलचित्रका लागि रोमान ‘एण्टीभाइरस’ नाम दिइएको छ । छयाँकन अघिल्लो वर्ष नै हुनुपर्ने चलचित्र कोभिडका कारण रोकिएको थियो भने चलचित्रको कुल बजेट ६० मिलियन युरो रहेको छ । उक्त चलचित्र २०२२ मा रिलिज हुनेछ ।

ज्लाटन हालै मात्र ५ वर्षपछि सन्यास फिर्ता लिँदै स्विडेनको राष्ट्रिय टिममा फर्किर्एका हुन् । उनले यस वर्षको युरोकपमा देशको प्रतिनीधित्व गर्नेछन् । उनी सिरी ‘ए’ मा यस सिजन सर्वाधिक गोलकर्ता हुन् भने उनले १७ गोल गरेका छन् । उनी यसअघि एलए ग्यलक्सी र एङल्याण्डको चर्चित क्लब म्यान्चेस्टर यूनाइटेडबाट प्रिमियर लिग खेलेका थिए ।