बेलायतमा कोरोना खोप लगाएका १९ को मृत्यु, ७९ जनामा ब्लड क्लटिङ
लण्डन । बेलायतमा कोरोना खोप लगाएका १९ जनाको मृत्यु भएको छ । यससंगै बेलायतले ३० वर्ष मुनीकालाई कोरोना भ्याक्सिन लगाउन बन्द गरेको छ । बीबीसीका अनुसार बेलायतको औषधि नियामक संस्था एमएचआरएले ३० वर्षमुनिका मानिसहरूलाई एस्ट्राजेनेका निर्मित कोरोना भ्याक्सिन नदिइने जनाएको छ । धेरै मानिसहरूमा मस्तिष्कमा रगत जम्ने समस्या (ब्लड क्लटिङ) समस्या देखिएपछि ३० वर्षभन्दा माथिका मानिसलाई मात्र यो खोप दिन लागिएको एमएचआरएले जानकारी दिएको छ । अब ३० वर्षभन्दा कम उमेरका मानिसहरूलाई कोरोनाविरुद्ध अन्य कम्पनीले तयार गरेका खोप दिइनेछ।
मार्चको अन्त्यसम्ममा एस्ट्राजेनेकाको खोप दिइएका मानिसहरूमध्ये ७९ जनामा ब्लड क्लटिङ भएको र तीमध्ये १९ जनाको मृत्यु भएको पनि एमएचआरएले जनाएको छ । एस्ट्राजेनेका निर्मित भ्याक्सिनकै कारण ब्लड क्लटिङ भएको पर्याप्त प्रमाण नजुटेपनि यो समस्या र एस्ट्राजेनेकाको भ्याक्सिनबीच गहिरो सम्बन्ध रहको सो नियामकले जानकारी दिएको छ । ब्लड क्लटिङका कारण ज्यान गुमाएकामध्ये दुई तिहाई महिला थिए । खोप लगाएपछि यो समस्या निम्तिएका १८ देखि ७९ वर्षसम्मका मानिसहरूको ज्यान गएको हो।
बेलायतमा अहिलेसम्म दुई करोड डोज एस्ट्रेजेनेकाको खोप दिइएको बताइएको छ ।