जेफ बेजोस पुनः शीर्ष स्थानमा : विनोद चाैधरीको सम्पत्ति स्थिर, अम्बानी एसियामा सबैभन्दा धनी
अमेजनका मालिक जेफ बेजोस संसारकै सर्वाधिक धनाढ्यको सूचीमा पुनः शीर्ष स्थानमा पुगेका छन् । फोर्ब्सको ३५ औं वार्षिक सूची अनुसार यस वर्ष बेजोसको कूल सम्पत्ति १८८.५ बिलियन अमेरिकी डलर पुगेको छ । उनको सम्पत्तिमा ११५ मिलियन डलर घट्दा पनि उनी शीर्ष स्थानमा नै पर्न सफल भएका छन् । गतवर्ष पनि उनी शीर्ष स्थानमा नै थिए ।
यस्तै, टेस्ला, स्पेसएक्सका मालिक ४९ वर्षीय एलन मस्क १६९.९ बिलियन डलरसहित दोस्रो स्थानमा रहेको छन् । यसवर्ष उनको सम्पत्तिमा ११६ मिलियन डलरको वृद्धि भएको छ । फ्रान्सका बर्नार्ड अर्नल्ट एण्ड फेमिली तेस्रो स्थानमा छन् । उनीहरुले पेरिसमा विलासी वस्तुको उत्पादन गर्ने गर्छन् । उनको कूल सम्पत्ति १६३.७ बिलियन डलर रहेको छ । यसवर्ष उनको सम्पत्तिमा १ बिलियन डलर थपिएको छ । बर्नार्ड ७२ वर्षका भए । यस्तै, माइक्रोसफ्टका मालिक बिल गेट्स १२९.२ बिलियन डलरसहित चौथो स्थानमा छन् । उनको यसवर्ष कूल सम्पत्तिमा १०५ मिलियन डलर घटेको छ ।
पाँचौं स्थानमा फेसबुकमा संस्थापक मार्क जुकरबर्ग रहेको छ । उनको कूल सम्पत्ति १११.६ बिलियन डलर रहेको छ । उनको सम्पत्ति पनि यसवर्ष ९५१ मिलियन डलर घटेको छ । कूल सम्पत्ति ९९.८ बिलियन डलरसहित बहुराष्ट्रिय कम्पनीका मालिक वारेन बुफेट छैटौं स्थानमा आसिन छन् । उनको सम्पत्तिमा ३४० मिलियन डलर थपिएको छ ।
यस्तै, ल्यारी एलिसन, ल्यारी पेज, सर्जे ब्रिन क्रमशः सातौं, आठौं र नवौं स्थानमा रहेका छन् । यो वर्ष यी तीनैजनाको सम्पत्ति घटेको छ । यस्तै भारतका धनाढ्य मुकेश अम्बानी ७७.३ बिलियन डलरसहित यो सूचीको दशौं स्थानमा रहेका छन् । उनको कूल सम्पत्तिमा ३८८ मिलियन डलरको वृद्धि भएको छ ।
विनोद चाैधरीको सम्पत्ति स्थिर, अम्बानी एसियामा सबैभन्दा धनी
काठमाडौं । नेपालका एक मात्र विश्वका अर्बपतिको सूचीमा परेका विनोद चौधरी धनीको सूचीमा निकै तल झरेका छन्। दुई वर्षयता उनको सम्पत्ति स्थिर रहेको फोर्ब्स म्यागजिनले जनाएको छ। उनी विश्वका धनीको सूचीमा २१ सय ४१ नम्बरमा छन् ।
उनको सम्पत्ति भने १.४ बिलियन डलर अर्थात १ अर्ब चालिस करोड डलर बराबरको सम्पत्ति स्थिर देखिएको छ। उनी गत वर्ष १५१३ स्थानमा रहँदा पनि १.४ बिलियन थियो। २०१९ मा १.७ बिलियन, १३ सय ४९ औं स्थानमा, २०१८ मा १.५ बिलियन थियो, १५ सय ६१ औं स्थानमा र २०१७ मा १.३ बिलियन डलर थियो र १५ सय ६७ औं स्थानमा थिए ।
अमेजन मालिक जेफ बेजोस सन् २०२१ का संसारकै धनी व्यक्ति घोषित भएका छन्। फोर्ब्सले प्रकाशित गरेको सूची अनुसार यस वर्ष उनको कूल सम्पत्ति १७७ बिलियन अर्थात एक खर्ब ७७ अर्ब अमेरिकी डलर पुगेको छ । रकेट कम्पनी स्पेस-एक्स र कार उत्पादक टेस्ला कम्पनीका मालिक इलोन मस्क धनाढ्य सूचीको दोस्रो स्थानमा छन् । बेजोसको सम्पत्ति १५१ बिलियन डलर छ ।
तेस्रो नम्बरमा पेरिसका लक्जरी वस्तु उत्पादक धनाढ्य बर्नान्ड आर्नोल्ट छन् । माइक्रोसफ्ट मालिक बिल गेट्स चौंथो स्थानमा छन् भने फेसबुक संस्थापक मार्क जुकरबर्ग ९७ बिलियन डलरसहित पाँचौ स्थानमा छन् ।
वारेन बफेट छैटाैं, ल्यारी एलिसन सातौं, गुगल मालिक ल्यारी पेज आठौं, गुगलका सर्जी ब्रिन नवौं र भारतीय धनाढ्य मुकेश अम्बानी ८४.४ बिलियन डलरसहित दशौं स्थानमा छन् । अम्बानी एसियाकै धनी व्यक्ति बन्न सफल भएका छन् ।
यसैगरी, विश्वकै धनी महिलाको सूचीमा ६७ वर्षीय फ्रान्सोआइस बेटेनकोर्ट मेयेर्स बनेकी छन् । उनको कुल सम्पत्ति ७३.६ बिलियन डलर छ । फोब्सको ३५ औं वार्षिक सूचीमा ४९३ जना नयाँ अर्बपति थपिएका छन् । उनीहरुमध्ये २१० जना चीन र हङकङका छन् ।