सधैंको जस्तो नेपालको महंगी आधारमा भूतपूर्व गोरखा सैनिकहरुको पेन्सन बढ्यो (सूचीसहित)
लण्डन । बेलायती सेनाबाट अवकाश प्राप्त भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन बृद्धि भएको छ । ब्रिटिश सरकारले हरेक वर्षको अप्रिल महिनामा गोरखा भूतपूर्व सैनिकहरुले पाउँदै आएको पेन्सन रकममा हेरफेर गरेपछि यसवर्ष पनि पेन्सन बढेको हो ।
बेलायती रक्षा मन्त्रालयका अनुसार यस वर्ष नेपालमा बढेको महंगीलाई समायोजन गर्न २.९३ प्रतिशत पेन्सन वृद्धि गरिएको छ । जसअनुसार सबैभन्दा कम पेन्सन थाप्नेहरुले अप्रिल १ देखि २३ हजार ६४७ रुपैयाँ ५१ पैसा भारतीय रकम बराबरको पेन्सन पाउने छन् । जसको नेपाली मुद्रामा सटही हुँदा ३७ हजार ८३६ रुपैयाँ हुन आउँछ ।
बेलायतले भारतीय सेनाको पेन्सनलाई आधार बनाएर भूतपूर्व गोर्खा सैनिकहरुलाई पेन्सन दिने भएकाले अहिले बढेको पेन्सन पनि भारतीय मुद्रामै रहेको छ ।
हेर्नुहोस बृद्धि भएको पेन्सनको सम्पूर्ण विवरणः