सुरेन्द्र पाण्डेले एमाले अध्यक्षलाई पठाएको स्पष्टीकरण यस्तो छ (पत्रसहित)

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ फर्काएका छन् । नेता पाण्डेले पार्टी विभाजन गर्न खोजेको भन्दै २०७५ जेठ २ मा नफर्किए एमालेको एकता नजोगिने बताउँदै अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका हुन् ।

पाण्डेले केपी ओलीमाथि कंगारु अदालत खडा गर्न खोजेको र आफूलाई सोधिएको स्पष्टीकरणपत्र शत्रुलाईजस्तै भाषा प्रयोग गरेको उल्लेख गरेका छन् । ओलीलाई सम्बोधन गर्दै स्पष्टीकरणको जवाफ पठाएका नेता पाण्डेले भनेका छन्, ‘तपाईंले मलाई आरोपका रुपमा विभिन्न प्रश्नहरु तेर्स्याउनुभएको छ । प्रश्नहरु हेर्दा तपाईंमाथि नै धेरै प्रश्न सोझिएका छन् ।’ आफूलाई प्रचण्डको मतियार भन्ने आरोप लगाउनु हास्यास्पद भएको पाण्डेले बताएका छन् ।