एमालेले नेता कार्यकर्तालाई पठाएको २० पन्ने अन्तरपार्टी निर्देशन यस्तो छ (पूर्णपाठ)

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २० पन्ने अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेका छन् । गत फागु २८ र चैत ७ गते बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठकको औचित्य र सन्दर्भ अपानीमा उल्लेख गरिएको छ । सर्कुलरमा भनिएको छ, ‘सर्वोच्च अदालतको फैसलासँगै हाम्रो पार्टी नेकपा एमाले एकतापूर्वको २०७५ जेठ ३ गतेकै अवस्थामा पुनस्र्थापित भएको छ । यही विशेष परिस्थितिमा नेकपा एमाले केन्द्रीय कमिटीको दसौं विशेष, एघारौं र बाह्रौं बैठकहरू आयोजना भएका हुन् ।’

नेकपा एमाले एकतापूर्वको २०७५ जेठ ३ गतेकै अवस्थामा पुनस्र्थापित भएको’ स्वीकारे पनि ओलीले पार्टीका ती बैठकहरुमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुलाई सहभागी गराएनन् । माधव नेपाल पक्षले भने २०७५ जेठ ३ गतेकै अवस्थामा केन्द्रीय कमिटीको बैठक बोलाइनुपर्ने, गुटको बैठकबाट विधान फेर्न नपाइने र केन्द्रीय कमिटी भंग गर्ने अधिकार ओली गुटसँग नरहेको बताउँदै आएको छ ।

अपानीमा सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछिको अवस्था, पार्टी काम सञ्चालन गर्नको लागि सहज बनाउनेगरी पार्टी विधानले दिएको अधिकार प्रयोग गर्दै बाधा अड्काउ फुकाउने निर्णय गरेको उल्लेख गरिएको छ । माओवादी र एमालेको एकतापछि बनेको कम्युनिस्ट पार्टी नेकपा को जिम्मेवारीमा रहेका साविकको एमालेका नेताहरुको जिम्मेवारी हेरफेर र तत्कालीन नेकपा माओवादी केन्द्र मा रहेका तर अदालतको आदेशपछि वैचारिक रुपमा हाल एमालेमा रहने नेताहरुको सांगठनिक व्यवस्थापनसहित पार्टी काममा संलग्न गराउन विधान संशोधन लगायतका काम भएको अपानीमा जनाइएको छ ।

वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको अनुपस्थितिमा बसेको ओली पक्षको केन्द्रीय समित बैठकले गरेका एकलौटी निर्णयलाई उनले अन्तर पार्टी निर्देशिकामार्फत तल्ला कमिटीसम्म पुर्याएको हुन् । बालुवाटारमा गुटको बैठक राखेर विधानले नै नदिएका अधिकारहरु प्रयोग गर्ने काम केपी ओली पक्षबाट भएको माधव पक्षका नेताहरुले आपत्ति जनाउँदै आएका छन् । तर माधव नेपाल, भीम रावललाई पार्टीबाट निष्काशित गर्दै ओलीले अपानी जारी गरेका छन् ।

यस्तो ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन