काठमाडौंको तुवाँलो अझै केही दिन रहने, हवाई उडान प्रभावित
काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारदेखि एक्कासी लागेको बाक्लो तुवाँलोले अझै केही दिन वायुमण्डलको प्रदुषण कायमै रहने विज्ञहरूले बताएका छन् । हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आइतबारसम्म मौसम स्थिर रहने विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबारदेखि केही बादल विकसित भइ हावा पनि चल्ने देखिएकाले मौसममा केही सुधार हुने सम्भावना छ । शुक्रबार बिहान पनि एयर क्वालिटी इन्डेक्स (एक्युआई) रत्नपार्कमा १८७, महाराजगंजस्थित अमेरिकी दूतावासमा ४१०, दरबारमार्ग ४१६, झम्सिखेलमा ४०९ र भैंसेपाटीमा ३१६ छ । एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थ मानिन्छ तर, राजधानीको अहिलेको एक्युआई ४०० भन्दा माथि छ जुन घातक हो ।
एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक वातावरणविद्हरू बताउँछन् । प्रदूषणको कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदीबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनुपरेमा मास्क लगाउन हुन र आवश्यक सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।
शुक्रबारदेखि एक्कासी काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र त्यसबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको हो । मौसम आइतबारसम्म स्थिर रहने विभागकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । उनका अनुसार सोमबारदेखि केही बादल विकसित भई हावा पनि चल्ने देखिएकाले मौसममा केही सुधार हुने सम्भावना रहेको छ । विभागका अनुसार देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ ।
शनिबार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित फाट्टफुट्ट तथा हल्का वर्षाको सम्भावना रहेको छ ।