अन्तराष्ट्रिय महिला दिवसको दिन एक बर्षको आफ्नो बच्चा लिएर ट्राफिक नियन्त्रणमा लागेका एक महिला भिडियो भाईरल

मार्च ८ को दिन अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ । महिलाको अस्तित्व हाम्रो जीवनमा यति धेरै छ कि परिवार, घर, समाज र राष्ट्रकै लागि पनि महिलाहरुको ठुलो भूमिका र जिम्मेवारी रहन्छन । यसैबीच इन्टरनेटमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा भारतको चंडीगढको ट्राफिक प्रहरीमा कार्यरत कन्स्टेबल प्रियन्काले एक वर्षको बच्चालाई आफ्नो काखमा राखेर सडकमा यातायात नियन्त्रण गरिरहेको देखिन्छ ।

कन्स्टेबल प्रियंकाले आफ्नो एक बर्षको बच्चालाई बोकेर छातीमा बोकेरा वा च्यापेर सडकमा ट्राफिक नियन्त्रण गरिरहेको भिडियो भाईरल भयो र मानिसहरूले आमाको आत्मालाई अभिवादन गरे र उनको कामको प्रशंसा गरेका छन । प्रियंका भन्छिन्- “मेरो बच्चा सानो छ, म बिना घरमा बस्न सक्दैन । सन्तान, श्रीमान् र घर परिवार हेर्ने मेरो कर्तव्य हो । यदि बच्चा चिच्यायो भने म उनलाई केही समयको लागि आफ्नो काखमा लिन्छु र शान्त हुन्छ यससङै म आफ्नो कर्तव्यबाट च्युत हुन सक्दैन ।”

भाइरल भएको भिडियोले केहि बेरमा एक मिलियन दृश्यहरू प्राप्त भयो र मानिसहरूले टिप्पणी सेक्सनमा प्रतिक्रिया दिन थाले । केही व्यक्तिले उनी ड्युटीमा जाँदा उसले कसरी आफ्नो बच्चालाई सम्हाल्दै छन् भनेर सराहना गरे, जबकि अर्कोतर्फ केही व्यक्तिहरू उनको बच्चालाई ड्युटीमा ल्याउने बिरूद्ध देखा परे ।

एक प्रयोगकर्ताले यो कोरोना महामारी र प्रदूषणमा सानो बच्चा ल्याउने आवश्यकता के ? भनेर प्रश्न गरेका छन भने अधिकान्साले एकै साथ आमाको आत्मालाई (उसको यस कार्यलाई) अभिवादन भनेका छन वा दिएका छन । जानकारीका अनुसार- प्रियंकालाई चण्डिगढको सेक्टर २ मा ट्राफिक नियन्त्रणको लागि खटाइएको थियो ।