चर्चित किक्रेटर महेन्द्रसिंह धोनी बने भिक्षु

भारतीय क्रिकेट टोलीका पूर्व राष्ट्रिय कप्तान भिक्षु बनेका छन् । टिम इन्डियाका पूर्व कप्तान महेन्द्र सिंह धोनी आइपीएलको १४ औं सिजनको तयारीमा जुटेका छन् । यसैबीच सोसल मिडियामा धोनीको एउटा तस्बिरले धेरैको ध्यान आकृष्ट पारेका छ । उनी ध्यानमग्न अवस्थामा कपाल समेत खौरिएर एक जंगलमा भेटिएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भै रहेको छ ।

पछिल्लो समय महेन्द्र सिंह धोनी आइपीएलको १४ औं सिजनको तयारीमा जुटेको समाचारहरु बाहिरिएका थिए । उक्त तस्बिर कुनै विज्ञापनको सुटिङबाट खिचिएको जस्तो भान हुन्छ । धोनीले टाउको खौरिएका छन् भने उनले बौद्ध भिक्षुजस्तो कपडा लगाएर कुनै जङ्गलमा देखिएका छन् ।

स्टार स्पोर्टस्ले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट योसँग सम्बन्धित ९ सेकेन्डको प्रोमो पनि सेयर गरेको छ । धोनीले यो प्रोमोमा भनिरहेका छन्, ‘यस्तो अवतारको कारण के हो? चाँडै नै थाहा हुनेछ ।’ सन्सारभरीका धोनीका प्रशंशकहरु उक्त कारण थाहा पाउन आतुर छन् ।

धोनीको टीम चेन्नई सुपर किङ्ग्स आइपिएल सन् २०२१ को तयारीमा अत्यधिक जुटेको छ । धोनीको कप्तानीमा चेन्नई सुपर किङ्ग्सले तीनपटक आइपीएलको उपाधि जितिसकेको छ । धोनीले १५ अगस्ट २०२० मा अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।