टाेटनहम र फुलह्यामकाे खेलकाे अनुसन्धान सुरू, म्याट्च फिक्सिङको अशंका

एजेन्सी । गत साता प्रिमियर लिग अन्तर्गत टोटनहमसँगको खेल अगाडी फुलह्यामको मैदानमा भेटिएका दुई जना ब्यक्तिविरुद्ध अनुसन्धान सुरु भएको छ । सो खेल अगाडी अगाडी दुई ब्यक्ति फुलह्यामको मैदानबाट समातिएका थिए भने ब्रोडकास्टर्स रहने ठाँउमा मोबाइल फोन भेटिएको थियो । जसका कारण उनीहरुले खेल मिलोमतो गर्न खोजेको भन्दै अनुसन्धान सुरु भएको छ ।

यसका साथै सबै प्रिमियर लिग क्लवलाई संगठित ढंगले खेलमा मिलोमतो गर्न सक्ने भन्दै सचेतपनि गराइएको छ । फुलह्यामको मैदानमा खेल अगाडी दुई ब्यक्ति पुरै सुट लगाएर पुगेका थिए । यसका साथै म्याचको विस्लेषण गर्ने स्टुडियोमा रहेको टेबलको मुनी एउटा फोन पनि जोडिएको थियो । जसका कारण त्यो खेलमा मिलोमतो भएको भन्ने आशंका गरिएको छ । यसका साथै खेल मिलाउनका लागि बीटी स्पोर्टसका कर्मचारीपनि मिलेको हुनसक्ने आशंका गरिएको छ ।

त्यो घटनापछि प्रिमियर लिगले पुलिसको सहायतामा अनुसन्धान सुरु गरेको छ । तर अहिलेसम्म कुनैपनि ब्यक्तिलाई पक्राउ भने गरेको छैन । तर अरु क्लवलाई सचेत भने गराएको छ । साे खेलमा टाेटनहम एक शुन्यले विजयी भएकाे थियाे । पुलिसको अनुसन्धानमा फुलह्यामले पनि सहयोग गरिरहेको बताइएको छ ।