युनाइटेडले लगायाे म्यानचेस्टर सिटीकाे अपराजित यात्रामा पुर्णविराम

इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको २१ खेलको अपराजित यात्रालाई उसकै घरएलु मैदानमा म्यानचेस्टर युनाइटेडले पूर्णबिराम लगाएको छ । आज भएको म्यान्चेस्टर डर्वी खेलमा युनाइटेडले सिटीलाई दुई शुन्यले हराउँदै उपाधिको होडमा रहेको पेप ग्वार्डियोलाको टिमलाई अपराजित यात्रामा पुर्णविराम लगाउन सफल भयो ।

सिटीको मैदानमा भएको खेलमा सिटीलाई स्तब्ध बनाउने क्रममा ब्रुनो फर्नान्डेज र लुक साअले एक एक गोल गरे । खेलको पहिलो मिनेटमा नै युनाइटेडले पेनाल्टीको अवसर पायो । एन्टोनियो मार्सियाललाई सिटीको ग्र्याबियल जिससले डिबक्समा फल गरेपछी पेनाल्टी पाएको थियो जसलाई ब्रुनो फर्नानडेजले गोल गर्न सफल भए । यो सिजनमा उनको यो गोल पेनाल्टीबाट भएको ९२ औं थियो ।

चौथो मिनेटमा युनाइटेडले अर्को उत्कृष्ट मौका पाएको थियो । लुका साअले पाएको मौकालाई सिटीका गोलकिपर इडिरसोनले बचाए । खेलको १६ औं मिनेटमा मार्कुस र्यासफोर्डले करिव २५ यार्ड टाढाबाट गरेको प्रहारलाई सिटीका गोलकिपर इडेरसोनले पुन बचाएका थिए ।

पहिलो हाफका इन्जुरी समयमा सिटीले एउटा सुन्दर अवसर पाएको थियो । जसमा महरेज चुक्न पुगे । पहिलो हाफमा एक गोलले पछि परेको सिटीले दोस्रो हाफको सुरुवातमा नै राम्रो मौका पाएको थियो । जिससले गरेको प्रहार बारमा लागेर बाहिरीयो ।

खेलको ५० औं मिनेटमा युनाइटेडले अन्तर दुई शुन्यमा पुर्यायो । मार्कुस रासफोर्डको क्रसमा लुक सअले गोल गर्न सफल भए । दुई गोलले पछि परेको सिटीविरुद्ध ६८ औं मिनेटमा युनाइटेडले अर्को मौका पाएको थियो । एन्टोइन मार्सियलको प्रहारलाई सिटीका गोलकिपरले मुस्किलले बचाए ।
त्यसपछि सिटी खेलमा फर्कन सकेन र युनाइटेडले महत्वपुर्ण जित निकाल्यो । यो जितपछि युनाइटेडले २८ खेलमा ५३ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानमा रहेको सिटीको समान खेलबाट ६५ अंक छ । उसले यो हारपछि अग्रता बढाउने मौका गुमाएको छ ।

यसअघी गत सिजनको बिजेता लिभरपूल आफ्नै मैदानमा ० – १ ले फुलह्यामसँग पराजित भएको थियो । यस सँगै लिभरपूल यस सिजन लगतार छैटौ पटक घरलु मैदानमा हार ब्यहोरेको छ ।