फुटबलको राष्ट्रिय गोलकिपर किरणलाई भारतको लिगमा ‘प्लेअर अफ दि मन्थ अवार्ड’
नेपाली नम्बर वान गोलकिपर किरण चेम्जोङले भारतमा भइरहेको आई लिगमा प्लेअर अफ दि मन्थको अवार्ड जितेका छन् । राउण्ड ग्लास पञ्जाव एफसीबाट आई लिग खेलिरहेका किरणले फेब्रुअरी मन्थको लागि प्लेअर अफ दि मन्थ अवार्ड जितेका हुन् । यस्तै उनी टिम अफ दि मन्थमा पनि पर्न सफल भएका छन् ।
पञ्जावका लागि किरणले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पहिलो चरणको लिगमा १० खेल खेल्दा उनले ६ खेलमा क्लिनसिट राखेका थिए । यस्तै उनले नियमित कप्तान विक्रमजित सिंहको अनुपस्थितिमा केही खेलमा कप्तानीसमेत गरेका थिए । किरणले प्लेअर अफ दि मन्थ अवार्ड पाएपछि आफ्नो करियरमा यो अर्को महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
उनले यसका लागि टिमको सबै सदस्यको योगदान रहेको भन्दै सबैलाई धन्यवाद दिएका छन् । यस्तै कोच अफ दि मन्थको अवार्ड पनि पञ्जावकै कर्टिस फ्लेमिङले जिते ।