त्रिभुवन विश्वबिद्यालयको परीक्षा केन्द्रहरुमा निगरानीको लागि अनिबार्य सीसी क्यामेरा राख्नुपर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका हरेक परीक्षा केन्द्रहरुमा अब सीसी क्यामेराले निगरानी गर्ने भएको छ । त्यसका लागि विश्वविद्यालय अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधबार सूचना जारी गर्दै सम्पूर्ण कलेज तथा विद्यालयलाई यसबारे जानकारी गराएकाे छ ।

प्रकाशित सूचना अनुसार परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा सञ्चालन हुने वार्षिक परिक्षा प्रणाली अन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रले यही चैत २० गतेभित्र परीक्षा सञ्चालन हुने कक्षा, उत्तरपुस्तिका शिलबन्दी गर्ने कक्ष र प्रवेशद्धारमा सीसी क्यामेरा राख्नुपर्ने भनिएको छ । सोही निर्देशन अनुसार सीसी क्यामेरा जडान नगर्ने परीक्षा केन्द्रलाई आगामी दिनमा परीक्षा सञ्चालन गर्न नदिने चेतावनीसमेत दिएको छ । सीसी क्यामेरामा परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका शीलबन्दी गर्ने कक्ष र प्रवेवशद्वारको सम्पूर्ण दृश्य देखिनुपर्ने र कम्तीमा डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने हुनुपर्ने भनी उल्लेख गरिएको छ, माग गरेको छ ।

त्यसरी राखिएको सीसी क्यामेरोको नियन्त्रण सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयले गर्नुपर्ने साे सूचनामा उल्लेख छ । नियमित परीक्षालाई विश्वसनीय तथा व्यवस्थित बनाउने उद्देश्यले परीक्षा केन्द्रमा सीसी क्यामेरा जडान गर्न निर्देशन दिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

सीसीटीभी नराखेकाे खण्डमा त्यस्ताे परीक्षा केन्द्रलाई आगामी परीक्षा सञ्चालन गर्न नदिइने तयारी गरिएकाे छ ।