बेलायतको लागि नेपाली राजादूत लोकदर्शन रेग्मीले आज (मार्च १, २०२१) पदबहाली

लन्डन । बेलायतका लागि नयाँ नेपाली राजदूत लोकदर्शन रेग्मी आज बिहान लण्डन आइपुग्नुभयो र आजै (मार्च १ तरिख २०२१ सोमबार) पदबहाली गर्नुभएको छ । बेलायत सरकारको नियम अनुसार १४ दिन अनिवार्य ‘होम क्वारेन्टिन’ मा बस्नु पर्ने भएकाले औपचारिक कार्यभार भने मार्च महिनाको दोस्रो सातापछि मात्र नियमित शुरु गर्नुहुनेछ ।

सन् १९६६ नोभेम्बर १६ मा स्याङजाको वालिङ नगरपालिका वडा नम्बर ७ मा जन्मिनुभएका रेग्मी सन् १९९५ मा गृह मन्त्रालयको शाखा अधिकृत पदबाट निजामति सेवामा प्रवेश गर्नु भएको थियो । सन् २००२ मा उहा वन तथा भूसंरक्षण मन्त्रालयको उपसचिव हुनुभयो । सन् २००६ मा उहा अर्थ मन्त्रालयमा सहसचिव हुनुभयो । सन् २०१४ मा भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव हुनुभयो । त्यसयता उहा अर्थ सचिव, गृह सचिवको कार्यभार सम्हाल्दै २०१७ देखि मुख्य सचिवका रुपमा कार्यरत हुनुहुन्थ्यो । रेग्मीले जनप्रसाशन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ ।

उहा बेलायतका लागि एक्काइसौं महामहिम राजदूत हुनुहुन्छ । यस अघि बिसौ नेपाली राजदूतको रुपमा सन् २०१६ को सेप्टेम्बर महिनामा बेलायतका आउनुभएका पूर्व राजदूत डा दुर्गाबहादुर सुवेदी चार वर्षे कार्यकाल पुरा गरी दुई साता अघि नेपाल फर्किसक्नु भएको छ । रेग्मीलाई २०७७ आश्विन १५ गते विहिबारको मन्त्रीपरिषद बैठकले बेलायतका लागि नेपाली राजदूतमा नियुक्ती दिने निर्णय गरेको थियो । २७ कार्तिक विहिबार उहाको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको थियो ।

आज बिहान मात्र उहालाई लिन दूतावासकी उपनियोग प्रमुख एबम कार्यवाहक राजदूत रोशन खनाल साथै दूतावासका अधिकारीहरू हिथ्रो बिमानस्थल पुग्नु भएको थियो । राजदूत संगै उहाको धर्मपत्नी पनि लण्डन आउनुभएको छ ।