रघुजी पन्तविरुद्ध कोमल ओली अदालत जाने

काठमाडौँ । अपेक्षा गरे अनुरुप राष्ट्रिय सभा सदस्य कोमल वली आन्दोलनरत नेकपाका नेता रघुजी पन्त विरुद्ध अदालत जाने भएकी छन् । आफु विरुद्ध अमर्यादीत टिप्पणी गरेका कारण उनी अदालत जाने भएकी हुन् । आफ्नो मानमर्दन गरेको भन्दै राष्ट्रियसभा सदस्य वलीले नेकपा नेता रघुजी पन्तविरुद्ध मानहानीको मु द्दा दायर गर्ने जनाएकी छन् । उनले आफू अदालत जाने तयारी गरिरहेको जानकारी दिएकी छन् । नेता पन्तले पिडुँला देखाएका भरमा केपी ओलीले कोमल वलीलाई सांसद बनाएको टिप्पणी गरे पछि उनको आलोचना भएको छ ।

एक कार्यक्रममा मन्तव्य व्यक्त गरिरहँदा पन्तले कोमल वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि ओलीले उनलाई केन्द्रीय सदस्य र राष्ट्रिय सभा सदस्य बनाएको टिप्पणी गरेका छन्। पन्तले यसो भनिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा पन्तले २० औँ वर्ष संघर्ष गरेका, विवाह नै नगरी पार्टीमा योगदान दिएका महिलाहरुले कहिल्यै टिकट नपाएको तर गोडा पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि कोमल वलीलाई केपी ‌‌ओलीले सांसद बनाएको बताएका छन् ।

‘पोइल जान पाम भनेपछि सांसद त तिनै भइन् कपाल फुलेका बुढीहरुले केही पाएनन्’ पन्तको भनाइ छ । पन्तको यस्तो अभिव्यक्तिले आफ्नो मानमर्दन भएको बताउँदै वलीले अदालत जाने तयारी गरेकी हुन् ।

वलीले पन्तमा मानव विकासका क्रममा बन्ने तन्तुहरु बिचमै रोकिएको टिप्पणी पनि गरेकी छिन् । नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिडुँला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ उहाँको मानव विकासका क्रममा बन्ने तन्तुहरु बीचैमा रोकिएको जस्तो छ’, वलीले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएकी छिन् ।