अमेरिकामा कोरोना बिरुध्दको तेस्रो खोप (जोनसन एण्ड जोनसनको) प्रयोगका लागि अनुमती
एजेन्सी । अमेरिकाले जोनसन एन्ड जोनसन कम्पनीले बनाएको कोरोना भाइरसविरुद्धको खोपलाई आधिकारिक अनुमति दिएको छ । यस खोपलाई अनुमती दिने अमेरिका पहिलो राष्ट्र हो । यो खोपको बिशेषता भनेको यो खोपको एक मात्रा मात्रै लगाए हुन्छ र यस खोपलाई सामान्य फ्रिजमा भण्डारण गर्न सकिनेछ । अमेरिकाको नियामक निकाय एफडिएले कोरोनाविरुद्धको खोपलाई स्वकृति दिएसँगै अमेरिका यो खोपलाई मान्यता दिने पहिलो देश बनेको छ । अमेरिकामा फाइजर र मोडेर्नाको खोपलाई अनुमति दिएपछि यो तेस्रो खोपले पनि स्वीकृति पाएको हो ।
यो खोपको एक मात्रा मात्रै लगाएमा कोरोनाबाट सुरक्षित भइनेछ भने सामान्य फ्रिजमा समेत यसको भण्डारण गर्न सकिनेछ । फाइजर र मोडेर्नाको दुई पटक खोप लगाउनुपर्छ भने भण्डारणका लागि समेत डिफ्रिजको आवश्यकता पर्छ । यसैकारण जोनसन एन्ड जोनसनको खोप धेरै सस्तो समेत हुनेछ । यद्यपि अझै यसको मूल्यबारे केही जानकारी दिइएको छैन ।
कम्पनीले जुनको अन्त्यसम्ममा अमेरिकालाई १० करोड खोप उपलब्ध गराउने घोषणा गरेको छ । बेलायत, युरोपेली संघ र क्यानडाले समेत यो खोप माग गरेका छन् । यसैगरी कोभ्याक्स योजनाका लागि ५० करोड खोपको अर्डर आएको छ । यो खोप गरिब देशहरुलाई उपलब्ध गराइनेछ ।