रवि लामिछानेले नयाँ फोर के ग्यालेक्सी टेलिभिजन शुरु

काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले नेपालमा पहिलो पटक फोर के ‘ग्यालेक्सी’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । काठमाडौंका नक्सालस्थित मेरियट होटलमा जारी घोषणा सभामा सञ्चारकर्मी लामिछानले ‘ग्यालेक्सी फोर के’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएको घोषणा गरेका छन् । समारोहमा सञ्चारकर्मी लामिछानेसहित तीन जना व्यक्तित्वले उक्त च्यानलको लोगो अनावरण गरेका छन् । उक्त टेलिभिजन च्यालनको घोषणा कार्यक्रममा देशका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थित रहेको थियो ।

हिजैमात्र सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन र नयाँ कार्यक्रम जानकारी गराएका थिए । उनले आज एक कार्यक्रम आयोजना गरी नयाँ टेलिभिजन च्यानलको घोषणा गरेको छ । उनले हिजो ‘भोलि बाट नयाँ यात्राको शुरूवात गर्दैछौं’ भनी सामाजिक सञ्जालमा लेखेका थिए । यस नयाँ टेलिभिजनमा उनीसहित न्यूज २४ का पूर्व सहकर्मी प्रमोद न्यौपाने लगायत उक्त टिममा रहेको जनाइएको छ ।

भर्खरै मात्र एसआरबिएन मिडियाले सार्वजनिक गरेको एक तस्विरमा लामिछानेको नया कार्यक्रममा आउने संकेत गरेको छ । एसआरबिएन मिडिया चर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’ पनि ल्याएको हो । पोष्टरमा एसआरबिएन मिडियाका सिइओ विपिन आचार्य, क्रियटिभ डाइरेक्टर सुरक्षा अधिकारी र रवि लामिछाने पनि देखिएका छन् । गोरखा मिडिया नेटवर्कद्वारा सञ्चालन हुन लागेको टेलिभिजनमा लामिछाने प्रबन्ध निर्देशकको भूमिकामा रहनेछन् । टेलिभिजन आगामी वैशाखसम्ममा लञ्च गर्ने तयारी रहेको जनाइएको छ ।

न्युज २४ बाट प्रसारण भइरहेको कार्यक्रम सिधा कुरा जनतासँगबाट एकदम चर्चामा आएका टेलिभिजन प्रस्तोता रवि लामिछाने पछिल्लो समय सबैका प्रिय ब्यक्ति समेत बनेका छन् । न्युज २४ मा निरन्तर ६० घण्टाभन्दा बढी अन्तरवार्ता कार्यक्रम समेत संचालन गरेर विश्व रेकर्ड बनाएका उनले आफ्नो बोल्ने क्षमताले धेरैको ध्यान समेत तानिरहेका छन् ।

उक्त टेलिभिजनबाट न्यूज २४ मा लामिछानेले सञ्चालन गरेको ‘सिधा कुरा’ शैलीकै कार्यक्रम सञ्चालन हुने जनाइएको छ । ‘सिधा कुरा’को पछाडि केही शब्द जोडेर नयाँ कार्यक्रम ल्याउने तयारी गरिएको जनाइएको छ । कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा न्यूज २४ टेलिभिजन र लामिछानेबीच विवाद भएको थियो । उक्त कार्यक्रम अहिले पनि न्यूज २४ बाट प्रसारण भइरहेको छ । त्यसैले रविले त्यस्तै खालको नयाँ कार्यक्रम ल्याउन लागेको जनाइएको छ ।