फिफाको नयाँ वरीयता सार्वजनिक, बेल्जियम प्रथम स्थानमा संगै सुरुका ३२ देशहरु जहाँको त्यहीँ

एजिन्सी । फिफाले आज अर्थात् १८ फेब्रुअरीमा जारी गरेको छ । वरीयताको नयाँ सूचीमा नेपाल पुरानै १ सय १७ औं स्थानमा यथावत् रहेको छ । वरीयताको शीर्ष स्थानमा युरोपेली देश बेल्जियम नै छ भने दोस्रो स्थानमा पनि फ्रान्स नै छ । नयाँ सूचीमा सुरुका ३२ औं स्थानसम्म कसैको स्थान तलमाथि भएको छैन ।

एसियाली देशको पहिलो स्थानमा जापान २७ औं स्थानमा यथावत् छ भने इरान पनि २९ औं स्थानमा यथावत् छ । दक्षिण कोरिया पनि ३८ औं स्थानमा यथावत् छ । त्यस्तै दक्षिण एसियाको वरीयतामा श्रीलंका सबैभन्दा पुछारमा अर्थात् २ सय ६ स्थानमा यथावत् छ । त्यसैगरी पाकिस्तान २ सय औं स्थानमा यथावत् भुटान १८९ औं स्थानमै छ भने बंगलादेश पनि १८६ औं स्थानमै छ। माल्दिभ्स १५५ औं स्थानमै रहँदा अफगानिस्तान १५० औं स्थानमा छ। भारत पनि १०४ औं स्थानमा छ ।