जोकोभिच अस्ट्रेलियन ओपनको फाइनलमा

एजेन्सी । टेनिसमा विश्व नम्बर एक नोभाक जोकोभिच अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । साविक च्याम्पियन जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाम टेनिसको फाइनल यात्रा तय गर्ने क्रममा अस्लान करातसेभलाई पराजित गरे । सर्वियन स्टार जोकोभिचले सेमिफाइनल भिड्न्तमा रुसी खेलाडी कारातसेभलाई ६–३,६–४ र ६–२ को सेटमा स्तब्ध बनाए ।

जोकोभिच १८ औँ पटक ग्रान्डस्लाम उपाधि जित्ने प्रयासमा छन्। उनी राफेल नाडाल र रोजर फेडेररको नाममा संयुक्त रुपमा रहेको २० उपाधिको विश्व कीर्तिमान बराबरी गर्ने ध्याउनमा रहेका छन् । जोकोभिचले यसअघि ८ पटक अस्ट्रेलियन ओपनको उपाधि जितिसकेका छन् । अस्ट्रेलियन ओपनमाउनले ८९ खेल खेलेकामा ८१ खेलमा जित निकालेका छन् । अस्ट्रेलियन ओपनमा निकै सफल जोकोभिचले पछिल्ला दुवै संस्करणको उपाधि जितेका छन् ।

यस पटक जोकोभिच लेडानियल मेदभेदेव र स्टेफानोस सितसिपासबीच हुने खेलको विजेतासँग उपाधि भिडन्त गर्नेछन् । उनी यो पटक पनि च्याम्पियन बन्ने सम्भावना बलियो मानिएको छ ।