आईपीएल पहिलो चरणको अक्सनमा बिकेन सन्दिप लामिछाने, क्रिस मोरिस सबैभन्दा महँगो खेलाडी

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) १४औं संस्करणको पहिलो चरणको अक्सनमा कुनै पनि टिमले अनुबन्ध गरेन । भारतको चेन्नाईमा बिहीवार सम्पन्न मिनी अक्सनमा लामीछानेलाई खरिद गर्न कुनैपनि क्लबले खरिद गर्न भाउ लगाएनन् ।

यसअघि तीन सिजन सम्म दिल्ली क्यापिटल्ससँग रहेका लामिछानेको आधार मुल्य ४० लाख तोकिएको थियो । उनी पहिलो चरणको अक्सनमा बिक्री नभए पनि दोस्रो चरणमा भने क्लबहरुको आखाँमा पर्ने अनुमान गरिएको छ । दिल्लीले रिलिज गरेपछि लामिछाने कुन क्लबसँग आबद्ध हुन्छन् भन्‍ने चासो थियो । लामिछानेले यसअघि दिल्ली क्यापिटल्सबाट तीन सिजन आईपीएल खेलिसकेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइपीएल अक्सनका लागि लामिछाने सहित आठ खेलाडीको नाम लागि सिफारिस गरेको थियो । जसमा विनोद भण्डारी, सोमपाल कामी, करण केसी, शरद भेषवाकर, कुशल मल्ल, अविनाश बोहोरा र दिपेन्द्र सिंह ऐरी रहेका थिए ।

चेन्‍नईमा आज भएको अक्सनका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले दुई सय ९२ खेलाडीको सूची सार्वजनिक गरेको थियो । त्यसमध्ये एक सय ६४ भारतीय खेलाडी छन् भने एक सय २५ विदेशी खेलाडी छन् । तीन खेलाडी एसोसिएट राष्ट्रका छन् ।

आइपीएलको इतिहासका सर्वाधिक ५ महंगा खेलाडी

विक्रिइन्डियन प्रिममियर लिग आइपीएलको १४ सिजन २०२१ को लागि अक्सनमा रहेका धेरै खेलाडीहरुले आफ्नो तोकेको मुल्य भन्दा कयौं गुणा बढी मुल्य पाए । आसन्न आइपीएलका लागि यसपटक पनि निकै खेलाडीले तोकेको भन्दा धेरै रकम पाउन सफल भए । यसपटकको अक्सनमा दुई खेलाडी जसले नसोचेको भन्दा धेरै मुल्य पाए, ती हुन दक्षिण अफ्रिकी अलराउण्डर क्रिस मोरीस र अष्ट्रेलियन बलर केली जेमिसोन ।

आइपीएलका इतिहासमा सबै भन्दा महंगो खेलाडी बनेका मोरिसको बेस प्राइस न्यूनतम मूल्य ७५ लाख रहेको थियो । उनलाई लिलामीमा राजस्थान रोयल्सले १६ करोड ७५ लाखमा खरिद गरेका छन । यो आईपीएल इतिहासकै सर्वाधिक ठूलो लिलामी मूल्य पनि हो । उनले यसअघिका सर्वाधिक महंगो खेलाडी युवराज सिंहको रेकर्डलाई पनि तोड्न सफल भए ।

आइपीएलको इतिहासमा दोस्रो महंगो खेलाडी हुन, पूर्व भारतीय खेलाडी युवराज सिंह । उनी सन् २०१५ मा दिल्लीका लागि १६ करोड भारतीय रुपैयाँमा विक्रि भएका थिए । जुन यसअघिसम्म सर्वाधिक एक खेलाडीलाई तिरेको रकम थियो ।

त्यस्तै गत बर्ष सन् २०२० को सिजनमा प्याट कमिन्सलाई कोलकाताले १५ करोड ५० लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । अलराउण्डर कमिन्सले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । त्यो बेला बिग ब्यास लिगमा गरेको प्रदर्शनका आधारमा उनलाई महंगो रकममा भित्र्याएको थियो ।

त्यस्तै आइपीएलको अर्को महँगो खेलाडी केल जेमिसनलाई रोयल च्यालेञ्जर्स बैंग्लोरले १५ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेका छन । ७५ लाख रुपैयाँबाट अक्सन सुरु भएकोमा बैंग्लोरले पहिलो बोली लगाएको थियो । बैंग्लोरसँग सुरुवातमा दिल्लीले बोली लगाएको थियो । उसको रेट सात करोड ५० लाख रुपैयाँ पुगेपछि पञ्जावले बोली लगाएको थियो । तर अन्तिममा बैंग्लोरले उनलाई १५ करोड भारतीय रुपैयाँमा अनुबन्ध गर्न सफल भयो ।

यस्तै सर्वाधिक महंगो खेलाडीको सूचीमा पाँचौं स्थानमा छन, बेन स्टोक । उनलाई सन् २०१७ को सिजनमा राजस्थानले १४ करोड ५० लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । इंग्ल्याण्डका अलराउण्डर स्टोकले आइपीएलमा तहल्का पनि पिटेका थिए