गेसोका संस्थापक सभापति पदम बहादुर गुरुङद्वारा ओलीको कदमको विरोध
काठमाडौं । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक सभापति एवं गोर्खा स्मारक ट्रष्टका संस्थापक अध्यक्ष पदमबहादुर गुरुङले प्रधानमन्त्री ओलीद्वारा चालिएको संसद विघटनको कदमप्रति विरोध जनाएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै गुरुङले ओलीको कदमबाट पूर्व गोर्खा सैनिकहरु गम्भीर बनेको बताएका छन् ।
वक्तव्यमा भनिएको छ, ‘ओली सरकारको राष्ट्रघाती तथा असंवैधानिक कदमको घोर भत्सर्ना गर्दै हामी सम्पूर्ण राष्ट्रवादी गोरखाहरु यो असंवैधानकि कदमको संविधानसम्मत न्यायको पक्षमा जोडदार माग गर्दछौं ।’