विवेकशील साझा पार्टीको फिनल्याण्ड राष्ट्रिय समिति गठन
युरोप महादेशीय संयोजक एस. के. श्रेष्ठ सँगको निरन्तर ४ महीनाको छलफल र संयोजकतामा फिनल्याण्डमा बसोबास गर्दै आइराख्नुभएको नेपालीहरु जो विवेकशील साझा पार्टी नेपालमा आस्था राख्नुहुन्छ र क्रियशिल हुनुहुन्छ उक्त व्यक्तिहरुसंग अथक छलफल र गृहकार्य पश्चात विवेकशील साझा फिनल्याण्ड राष्ट्रिय कमिटि गठन भएको छ । फिनल्याण्ड हाल ४३ सदस्यहरु जोडीनु भएकोमा १७ सदस्यको राष्ट्रिय कमिटि गठन गरिएको छ । विवेकशील साझा फिनल्याण्ड राष्ट्रिय समितिको विवरण यस प्रकार रहेको छन-
१) प्रदिप तिवारी – संयोजक
२) प्रकाश खनाल – सह संयोजक
३)सुनिल कार्की – संगठन विभाग प्रमुख
४) रमेश पौडेल – कोष बिभाग प्रमुख
५)रोशन देउजा – ब्यबस्थापन बिभाग प्रमुख
६) राजन सुबेदी – राष्ट्रीय समिति सदस्य
७) दिपकराज अधिकारी – राष्ट्रीय समिति सदस्य
८) रेखा गौन्डेल – राष्ट्रीय समिति सदस्य
९) शिला खड्का -राष्ट्रीय समिति सदस्य
१०) दिनेस तिवारी – राष्ट्रीय समिति सदस्य
११) सुबाश बस्नेत – राष्ट्रीय समिति सदस्य
१२) प्रकाश चन्द्र अधिकारी – राष्ट्रीय समिति सदस्य
१३) सरोज आचार्य – राष्ट्रीय समिति सदस्य
१४) रोब्बिन श्रेष्ठ -राष्ट्रीय समिति सदस्य
१५) आयुष गिरि – राष्ट्रीय समिति सदस्य
१६) सागर पाण्डे – राष्ट्रीय समिति सदस्य
१७) रमेश रेग्मी – राष्ट्रीय समिति सदस्य
कोभीड १९ का कारण भेटघाट र भेला असम्भव भएको कारण, आपसी समझदारी र सामाजिक संजाल र प्रबिधी मार्फत सदस्यहरुलाई जिम्मेवारी बाडफाड गरिएको कुरा फिनल्याण्ड राष्ट्रिय संयोजक प्रदिप तिवारीले जानकारी गराउनुभयो । एक-आपसमा सल्लाह र सुझाब आदान – प्रदान गरी देश, पार्टी र समाजको हितमा सकेको सहयोग प्रदान गर्ने प्रतिबध्दताको साथ कार्यक्रम समाप्त गरीएको थियो ।
फिनल्याण्डको राष्ट्रिय समिति बिस्तारमा सहयोग पुर्याउनु हुने पोर्चुगलका दिपक गौतम (युरोप समिति सह प्रवक्ता), माल्टाका लोक राज पौड्याल (माल्टा उप संयोजक), स्विडेनको दिपक पौड्याल (स्विडेन सचिव) र फिन्ल्याण्डमा रहनु भएका सम्पुर्ण राष्ट्रिय समिति सदस्य र जगनाथ काफ्लेलाई यूरोप संयोजक एस के श्रेष्ठले बिशेष धन्यवाद र आभार प्रकट गर्नुभयो । युरोपमा संगठन बिस्तारले तिब्रता पाए सँगै प्रवासमा २५ देशमा राष्ट्रिय समिति बनिसकेको जानकारी युरोप संयोजक एस के श्रेष्ठले जानकारी गराउनु भयो ।