नेतृ रामकुमारी झाँक्रीको निवासमा कार्यकर्ताकाे नाराबाजी, एक जना घाइते

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षका नेृत रामकुमारी झाँक्रीको निवास शंखमुलमा पक्राउ गर्न पुगेपछि कार्यकर्ताले चर्काे विरोधस्वरुप नाराबाजी गरिरहेका छन् । पक्राउ गर्न सादा पोशाकमा खटिएको अपराध महाशाखाकाे टोली फर्किए पनि नाराबाजी चलेपछि प्रहरी पुनः त्यहाँ पुगेको जनाइएको छ । नाराबाजीकै क्रममा प्रहरीका एक सुरक्षार्मी घाइते भएको जनाइएको छ । नेतृ रामकुमारी झाँक्रीले शंखमुलस्थित उनकै निवासमा पक्राउ गर्न पुगेको प्रहरीलाई पक्राउ पूर्जी लिएर आफूलाई पक्राउ गर्न आउन आग्रह गरेकी छिन् । आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन भनेकी हुन् ।

झाँक्रीको शंखमुलस्थित निवासमा

उनलाई बिहीबार १० बजे महानगरीय अपराध महाशाखामा राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर सोधपुछको लागि प्रहरीले बोलाएको थियो।
उनले भनिन्, ‘राजनीतिक मुद्दा हो। सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं,’ पक्राउ पूर्जी लिएर आउनुस् भनेको छु ।’ झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन् । मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो । झाँक्रीको यो अभिव्यक्ति आएपछि नेकपाको ओली समूहले तीव्र आलोचना गरेको थियो। झाँक्रीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो ।

झाँक्रीले बुधबार राजधानीमा आयोजित प्रचण्ड-नेपाल समूहको आमसभामा पनि उनले आफूविरूद्ध लगाइएको आरोपको विरोध गरेकी थिइन् ।