परराष्ट्र मन्त्री ज्ञावली तथा बेलायतको बिदेश राज्यमन्त्री लर्ड अहमद बिच भर्च्युल बार्ता

काठमाडौं । नेपाल सरकारको परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र बेलायत सरकारका विदेश राज्यमन्त्री लर्ड अहमदबीच बिच आज सोमबार आपरान्ह भर्च्युल छलफल भएको छ । उक्त भर्चुअल बैठकमा नेपाल–बेलायत सम्बन्धलाई अझ सुदृढ तुल्याउने सहमति हुनुको साथै अन्य सम्बन्धित बिषयहरुमा बहुआयामिक छलफल भएको कुरा परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्बादमा बिशेष गरेर दुवै पक्षले नेपाल र बेलायतले पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकमा नेपाल–बेलायत सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । दुई देशका मन्त्रीहरुबीच आपसी सहयोग, जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीको सामना, कोभिड–१९ महामारीलगायत विषयमा पनि छलफल भएको थियो । बेलायती राज्यमन्त्रीले सगरमाथा संवाद तथा मन्त्री ज्ञवालीले यसै वर्ष बेलायतमा आयोजना हुने कोप–२६ बारेमा छलफल गरेका थिए ।

स्रोत- नेपालीलिन्क