पहिलो नेपाल स्टार बनेपछी एलिना गुरुङले ईतिहास रचिन

काठमाडौ । नेपाल टेलिभिजनबाट प्रसारण हुने गायन रियालिटी शो- पहिलो ‘नेपाल स्टार’ को बिजेता एलिना गुरुङ्ग भएकी छिन् । नेपाल टेलिभिजनले आयोजना वा उत्पादन गरेको उक्त गायन प्रतियोगितामा हजारौ प्रतिस्पर्धीहरु माझबाट पहिलो सन्सकरणको प्रथम ‘नेपाल स्टार’ उपाधी गुरुङ्गले जितेकी हुन् । पुरानो ठेगाना कास्की जिल्ला मादी गाउँ पालिका वडा नं. २ ताङतिङ गाउँ घर भइ हाल पोखरा महानगर पालिका वडा नं १३ निवासी एलिना गुरुङ्ग हजारौं प्रतिस्पर्धीहरुबाट ३७ चरणहरु (एपिसोडस) पार गरी फाइनलमा पुगेकी थीइन र प्रथम बन्न सफल भएकी छिन् । सम्भबत नेपालमा यस किसिमको गायन रियालिटी शोमा प्रथम बन्न सफल पहिलो नारी (महिला) एलीना नै हुन र ईतिहास रच्न सफल भएकी छिन् ।

नेपाल टेलिभिजनका लागि ‘कि एडभरटिजमेन्ट’ ले व्यबस्थापन गरेको उक्त प्रतियोगीताको प्रमुख प्रायोजक चौधरी ग्रुप (वाइवाइ) रहेको थियो । प्रतियोगीताको मुख्य प्रायोजक वाइवाइ नेपाल र चौधरी ग्रुपको म्यानेजर निर्वाण चौधरीले स्वदेशमा नै उत्पादन भएको रियालिटी शोमा स्पोन्सर गर्न पाउँदा खुसी लागेको कुरा बताए । उनले भने, ‘युवालाई प्रोत्साहित गर्न हाम्रो ग्रुप सधै नै तयार छ । कोही कसैलाई पनि प्लेटफार्मको सिर्जना गर्न हामी पछि हट्ने छैनौँ । आशा छ, यस रियालिटी शोबाट पनि धेरै राम्रो–राम्रो संगीत प्रेमीहरुले आफूलाई स्थापित गरेका छन् ।

रियालिटी शोको लागि आलोक श्री, रामकृष्ण ढकाल र अन्जु पन्त निर्णायकको रुपमा रहेका थिए । प्रतियोगिताको निर्णायक मध्ये एक गायक राम कृष्ण ढकालले अरु निजी कमपनीहरुले ल्याएको फ्रेन्चाइज रियालिटी शो भन्दा नेपाल स्टार पनि कमजोर नभएको बताए । उनले भने, ‘अरु फ्रेन्चाइज शोहरु जस्तै नेपाल स्टार पनि दर्शकहरुले अपेक्षा गरे जत्तिकै लेभलमा प्रस्तुत भएको भएको कुरा बताउनुभयो । अन्जु पन्त र आलोक श्रीले पनि नयाँ रियालिटी शोमा निर्णायकको रुपमा रहन पाएकोमा खुसी व्यक्त गरे । अन्जु पन्तले त यो नेपालको उत्कृष्ट रियालिटी शो भएको पनि दावी गरिन् ।

यस रियालिटी शोमा ५० लाख पुरस्कार राखिएको थियो । उत्कृष्ट ४ मा परेका सबैलाई ५ लाख पाएका छन् । उत्कृष्ट चार जनाले नै जनही ५ लाख पुरस्कार पाए । टाइटल विजेताले थप ३० लाख सहित ३५ लाख पुरस्कार जिते साथै बिजेतालाई रिलायन्स बिमा कम्पनिले रु एक करोडको निशुल्क जीवन बिमा पनि गरेको छ । उत्कृष्ट ४ क्रमश एलिना गुरुङ्ग, लक्ष्मण लिम्बु, सदेश बम्जन लामा र सुरेश लामा बने । यस सँगै नेपाल स्टारको पहिलो सन्सकरण सकिएको छ । सातवटै प्रदेश र काठमाडौं गरेर ८ वटा शहरमा अडिसन लिइएको थियो । एलीनाले चितवनबाट अडिसन दिएकी थीइन । फाइनलमा एलिनाले आस्था राउतको “चौबन्दीमा पाटुकी” भन्ने देशभक्ती गीत गाएकी थिइन ।