कसले चढ्छन नेपालमा टेस्लाको साढे ३ करोड पर्ने कार ?

एलन मस्क अर्वपति भएपछि उनको कम्पनी टेस्लाको पनि अहिले चर्चा सुरु भएको छ । सोही कम्पनी हो जसले एलनलाई अर्वपति बनायो । निकै महंगो कार उत्पादन गर्ने टेस्लाको वजार पनि विश्वव्यापी छ । अर्वपतिहरुको रोजाई बनेको टेस्ला नेपाल पनि भित्रिएको छ । यस्तो महंगो र विलासी कार नेपालमा कसले चढेको छ ? त्यो पनि चासोको विषय बनेको छ । नेपालमा अहिले टेस्लाका ७ वटा कार नेपाल भित्रिएको छ । दुई कम्पनीले यि कार नेपाल भित्र्याएका हुन् । जसमध्य ३ वटा कार अहिले नेपालमा गुडिरहेका छन् । दुईवटा भन्सार प्रकृयामा छन् । दुईवटा कार निर्यात कम्पनी आफैले प्रयोगमा ल्याएको छ । नेपालमा टेस्ला हङकङबाट भित्रिएको हो ।

श्रीमा डिस्ट्रिब्युटर्स प्रालि र अरेत इन्टरनेश्नल प्रालिले एक्स लङ रेञ्ज मोडलका गाडी हङकङबाट नेपाल भित्र्याएको हो । एक्स मोडलका दुईवटा कारमध्ये एउटामा सिद्धार्थ बैंकका अध्यक्ष मनोज कुमार केडिया चढ्दै आएका छन् भने अर्को श्रीमा डिस्ट्रिब्युसन आफैँले प्रयोगमा ल्याएको छ ।

अरेतले भित्र्याएका मोडल३का तीनवटा गाडीमध्ये एउटा विश्वनाथ ट्रेड हाउसका सञ्चालक तरुण प्रताप शाहले चढ्दै आएका छन् । उनी अनलाइन मिडिया नेपाल समय प्रालिका प्रबन्धनिर्देशक समेत हुन् । मोडल ३ को अर्को गाडी नेबिको बिस्कुट इन्डस्ट्रिज बालाजुको नाममा बिक्री भएको छ भने एउटा कम्पनी आफैँले प्रयोगमा ल्याएको जनाइएको छ । नेपालमा अहिले यसको मूल्य १ करोड २५ लाख रहेको कम्पनीले जनाएको छ ।