प्रधानमन्त्री र ४ पूर्वप्रधानन्यायाधीशलाई आफैं लिखित जवाफ लिएर आउन सर्वोच्चको आदेश

काठमाडौं । प्रधानमन्त्री केपी (खड्गप्रसाद) शर्मा ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आफैं उपस्थित भएर लिखित जवाफ दिन माग गरेको छ । त्यस्तै अर्को अपहेलना मुध्दामा पूर्वप्रधानन्यायाधीशलाई लिखित जवाफसहित स्यवयं उपस्थित हुन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले बुधबार प्रधानमन्त्री ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहिबार अवेहलना सम्बन्धी चारवटा निवेदनमाथि सुनुवाईपछि यस्तो आदेश दिएको हो ।

सर्वोच्चको आदेश पत्र

आदेशमा सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओली,चारजना पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमनाथ ढुंगानालाई सात दिनभित्र आफैं अदालतमा उपस्थित भएर जवाफ पेश गर्न भनेको छ । रिटमाथि सुनुवाईपछि बाटोको म्याद बाहेक ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न जारी भएको हो ।

प्रधानमन्त्री केपी ओली,पूर्व प्रधाननन्यायाधीशहरु मीनवहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र पूर्व सभामुख दमननाथ ढुंगानाले अदालतमा विचाराधीन मुद्दामा प्रभावित पार्ने गरि बोलेको भन्दै अलग अलग निवेदन दर्ता भएका थिए ।

प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको भन्दै वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले अवहेलना मुद्दा दायर गरेका थिए । प्रधानमन्त्रीका अभिव्यक्तिविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि रिट दायर गरेका छन् ।