बेलायतमा विकास गरिएको खोप प्रयोग गरेकोमा नेपालको लागि बेलायती राजदुत निकोला पोलिटले धन्यवाद

काठमाण्डौ । नेपालको लागि बेलायती राजदूत निकोला पोलिटले आज स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रिदेश त्रिपाठीसँग भेट गर्दै नेपालले बेलायतमा विकसित भएको खोप प्रयोग गरेकोमा नेपाललाई धन्यवाद पनि दिइन् । बेलायती राजदूत निकोलाले नेपालमा बेलायतमा निर्मित काेभिड-१९ विरुद्धकाे खाेप प्रयाेग गर्न लागेकाेमा खुसी व्यक्त गरेकी छन् । उनले साेमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसँग भेट गर्दै खाेप प्रयाेग गर्न लागेकाेमा खुसी व्यक्त गरेकी हुन् । उनले अग्रभागमा रहेकाहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन लागेको भन्दै खुसी व्यक्त गरिन् । बेलायतमा विकास गरिएको खोप नेपालले प्रयोग गर्न लागेकोमा सरकारलाई धन्यावादसमेत दिएकी थिइन् ।

साथै भेटमा बेलायतले कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपाललाई एस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ । राजदूत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेट गर्दै यस्तो जानकारी दिएकी हुन् । बेलायतले कोभ्याक्स कार्यक्रमलाई ५५० मिलियन पाउन्ड राशीको खोप उपलब्ध गराउँदैछ । विश्व स्वास्थ्य संगठनले कोभ्याक्स कार्यक्रम अन्तर्गत गरिब तथा विपन्न मुलुकलाई खोप सुनिश्चित गर्छ । नेपालले पनि उक्त कार्यक्रममार्फत खोप प्राप्त गर्दैछ तर, कहिले आउँछ भन्ने टुंगो लागिसकेको छैन ।